दाउरा लिन गएकी किशोरीको सामूहिक बलात्कारपछि हत्या

जाजरकोट, माघ ६

रुकुममा सामूहिक बलात्कारपछि एक किशोरीको हत्या भएको छ।

जङ्गलमा दाउरा लिन गएको बेला खोलागाउँ गाविस–५ सर्केनाकी १६ वर्षीया सुस्मिता शाहको सामूहिक बलात्कारपछि मङ्गलबार हत्या भएको प्रहरीले जनाएको छ। घर नजिकैको जङ्गलमा दाउरा लिन गएकी सुस्मिता राति अबेरसम्म पनि घरमा नफर्किएपछि परिवारले उनको खोजी गरेको थियो । सोमवार साँझ ४ बजे दाउरा लिन गएकी उनलाई मङ्गलबार मात्र रुखमा झुन्डिरहेको अवस्थामा परिवारका सदस्यले भेटृाएका थिए । 

फोटो-फाइल 
जिल्ला अस्पताल जाजरकोटमा शव परीक्षणका लागि ल्याइएकी मृतक शाहको सामूहिक बलात्कारपछि हत्या भएको जिल्ला अस्पताल जाजरकोटका डा दीपक पुनले बताए। डा पुनले मृतक शाहलाई सामूहिक बलात्कार गरेर हत्या गरिएको अवस्था देखिएको बताए।  
मृतकलाई केही दिनअघि नचिनेको नम्बरबाट केही केटाले फोन गरेर धम्की दिने गरेको र उनीहरुले नै उनको हत्या गरेको हुनुपर्ने खोलागाउँकै स्थानीय निर्मल शाह बताउँछन् । हिमालय उच्च मावि खोलागाउँमा ११ कक्षामा अध्ययनरत शाहको हत्यापछि गाउँ नै शोकमा डुबेको उनले सुनाए । 
प्रहरीले घटनाको गम्भीररुपमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक पुष्पकमल श्रेष्ठले बताए। हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याएर कडाभन्दा कडा सजाय गर्नुपर्ने पीडित परिवार र स्थानीयले माग गरेका छन् । रासस ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com