
सिन्धुपाल्चोकको साँगाचोक–९ भीमटार माझी गाउँमा एक बालिकाको बलात्कार भएको आफन्तले जनाएका छन् ।
चौध वर्षीय किशोरीलाई बलात्कार गर्ने भनिएका सोही ठाउँका २४ वर्षीय सरोज माझीलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिनुभयो ।
भूकम्पपछि अस्थायी टहरामा बस्दै आएकी बालिकामाथि गत पुस २९ गते बलात्कार भएको भनी आफन्तले माझीविरुद्ध उजुरी गरेका थिए । रासस