बिथोलिएको जिन्दगी

चुलो चिसो छ, राइस कुकरमा आधा कांचो भात छ । सर्वसाधारण जनता भोकै सुत्न बाध्य भएका छन् । तर, यो नालायक सरकार भने कानमा तेल राखेर बसेको छ । के विद्यार्थी, के किसान, के व्यापारी, के मजदुरी अधिकांश मानिसहरुको दैनिकी यसरी नै बिथोलिएको छ ।

बिजुलीको पखाई, ग्यासको पखाई नाकाबन्दी खुल्नी पखाई आदि इत्यादि कुरामा दैनिकी प्रभावित भएको छ । सिलिन्डर छन् ग्यास छैन्। इन्डक्सन चुलो छ विद्युत्त छैन्, स्टोभ छ तेल पाइन्न, चुलो छ दाउरा पाइन्न, लामो समयदेखिको नाकाबन्दी र कालोबजारी र अन्य विविध पक्षले गर्दा आम सर्व साधारणको जनजीवन नराम्रोसंग प्रभावित भएको छ ।

अधिकाशं मानिस आफनै दुनियामा छन्, आफनै माहोलमा छन् तर दिन रात खुल्ला आकाश मुनि दिन काट्नेहरुको घरमा चुलो बलेको छैन् । बिहान बेलुका हात मुख जोर्न सकेका छैनन् । विडम्वना उनीहरुले सामाना गर्नु परेका समस्या कसले देख्छ ? नेता ज्यूहरु भने चिल्ला पजेरामा स्कटिङसहित हुईकिन्छन् । उनीहरुका लागि बाटो खुल्ला छ । नाकाबन्दी छैन्, बन्द छैन, उनीहरुलाई समस्या के हो ? थाहा पाउन सकेका छैनन् । जनताका घरमा चुलो बल्यो या बलेन् नेताज्यू मतलब हुँदैन् ।

मानव प्राणीको सबै भन्दा आधारभुत आवश्यकता भनेको गांस, बास, कपास हो । यी तत्वहरु जुटाउनका लागी मानव प्राणीले जे पनि गर्न तयार हुन्छ, कपास उपलब्ध गराईदिने हो तर त्यसो हुन सकेको छैन् । अधिकांश मानव प्राणी घरबारबिहीन बनेका छन् । भने कतिपय खाना नपाएर भोक, भोकै मरेका पनि छन् । खुल्ला आकांशमुनि बस्न बाध्य भएका छन् । देशका नेताहरु रुघा लाग्यो भने विदेश जान्छन् तर गरिब जनता सिटामोल खान नपाएर मर्छन् ।_दैनिक नेपालबाट;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com