पाल्पामा एक महिलाले जन्माइन् चार सन्तान

4-child-born
फोटोः नागरिक न्यूजबाट

पाल्पा, ३० पुस,

पाल्पामा एक महिलाले चार सन्तान (चम्ल्याहा) जन्माएकी छिन् ।

विहीबार गुल्मीकी २६ बर्षीया गीता कुँवरले पाल्पा तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलमा चम्ल्याहा जन्माएकी हुन् । जन्मेकामध्ये दुई छोरा दुई छोरी छन् । अस्पतालका अनुसार आमा र चारैजना बच्चाको स्वास्थ्य सामान्य छ ।

लुम्बिनी मेडिकल कलेजका चिकित्सकहरु स्त्री तथा प्रशुति रोग विषेशज्ञहरु डा. बबिता थापा, डा. श्रेयषी अर्याल, डा. दिपक श्रेष्ठ, एनेस्थेसिया विशेषज्ञ डा. कल्पना खर्वुजा, बालरोग विशेषज्ञ डा. किरण पन्थी र रेसिडेन्ट डा. सेविना बानियाको टिमले सफल शल्यक्रियाबाट चम्ल्याहा जन्मिएका हुन् ।

बच्चाहरुको तौल पहिलो छोराको १.५ किलो ग्राम, दोस्रो छोराको १.२८, तेस्रो छोरीको १.७३ र चौथो छोरीको १.२१ किलो ग्राम रहेको डा. बुद्धी कुमार श्रेष्ठले बताए ।
चार महिना पहिला नै गर्भमा चार सन्तान रहेको थाहा पाएपछि गीता महिला तथा स्त्री रोग विषेशज्ञ डा. बुद्धी कुमार श्रेष्ठको सल्लाह र चिकित्सकहरुको निगरानीमा अस्पतालमा भर्ना भएकी थिइन । _ दैनिक नेपालबाट;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com