नेपालका युवामा उच्च रक्तचापको समस्या बढ्दो

High blood pressure causes symptoms signs treatment tips in nepali healthकाठमाडौँ पुस २९,

कल्पना पौडेल : गोरखाका ३० वार्षीय सुदीप धिताललाई विगत छ वर्षदेखि उच्च रक्तचापको समस्या छ । अचानक टाउको दुख्ने र चक्कर लाग्ने समस्या भएपछि उनी चिकित्सक कहाँ गएर जाँच गराउँदा उच्च रक्तचापका कारणले यस्तो समस्या भएको उहाँ सम्झिन्छन् ।

नयाँ बानेश्वरकी ३५ वर्षीया सरिता बस्याल पनि उच्च रक्तचापबाट पीडित छिन्। उहाँले पनि नियमितरुपमा औषधि सेवन गरिरहेकी पछिन् । उनले आफ्नो २१ वर्षे छोरामा पनि यही समस्या देखिएपछि थप चिन्तामा भएको बताइन् । ‘यति सानो उमेरमा उच्च रक्तचाप हुने रहेछ । अहिले नै यस्तो भए पछि के होला ?’ उनको चिन्ता छ ।

हरेक पाँच वर्षमा गरिने यो सर्भेमा उच्च रक्तचापको समस्या देखिएका कुल २५ प्रतिशतमा ३१ प्रतिशत पुरुष र २०।६ प्रतिशत महिला रहेका छन् ।
पछिल्लो समयमा नेपालमा उच्च रक्तचापका कारण अस्पताल आउने बिरामीको सङ्ख्या बढिरहेको चिकित्सकको भनाइ छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१३ मा गरेको नसर्ने रोगको जोखिम पक्षसम्बन्धी सर्भेले पनि २५ प्रतिशत नेपालीमा उच्च रक्तचाप भएको देखाएको थियो । परिषद्ले सन् २०१२ को जुलाइदेखि २०१३ जुनसम्म ५० जिल्लाका २१० वडाका १५ देखि ६९ वर्षसम्मका चार हजार १४३ जनामा गरेको सर्वेक्षणले २५ प्रतिशतमा उच्च रक्तचापको समस्या भएको देखाएको हो ।
हरेक पाँच वर्षमा गरिने यो सर्भेमा उच्च रक्तचापको समस्या देखिएका कुल २५ प्रतिशतमा ३१ प्रतिशत पुरुष र २०।६ प्रतिशत महिला रहेका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत डा कृष्ण अर्याल बदलिँदो जीवनशैली, अव्यवस्थित खानपान, रहनसहनका कारण अहिलेका युवा पुस्तामा उच्च रक्तचाप र यसका कारण हुने हृदयघात, मतिष्कघात (स्ट्रोक) र मिर्गौला खराबीका समस्या दिन प्रतिदिन बढ्दै गएको बताउँछन् ।

विश्व स्वास्थ्य सङ्गठनले उच्च रक्तचापलाई सुसुप्त हत्यारा अर्थात ‘साइलेन्ट किलर’को सङ्ज्ञा दिएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल भन्छन्, ‘पछिल्ला दिनमा मानिसको खानेबानीमा आएको परिवर्तन, शारीरिक निष्किृयता, नुनको अत्यधिक प्रयोग, जङ्कफुड र फास्टफुड खाने बानी, मानसिक तनाव, धूमपान र रक्सी सेवनजस्ता कारणले उच्च रक्तचापको समस्या बढ्दै गएको हो ।

उनी उच्च रक्तचापबाट बच्न आफ्ना आनीबानी सामान्य बनाउनुपर्ने र खानपानमा विशेष सावधानी अपनाएर नियमित औषधिको सेवन गर्नुपर्ने बताउछन् ।

विश्व स्वास्थ्य सङ्गठनले उच्च रक्तचापलाई सुसुप्त हत्यारा अर्थात ‘साइलेन्ट किलर’को सङ्ज्ञा दिएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल भन्छन्, ‘पछिल्ला दिनमा मानिसको खानेबानीमा आएको परिवर्तन, शारीरिक निष्किृयता, नुनको अत्यधिक प्रयोग, जङ्कफुड र फास्टफुड खाने बानी, मानसिक तनाव, धूमपान र रक्सी सेवनजस्ता कारणले उच्च रक्तचापको समस्या बढ्दै गएको हो ।’

पछिल्ला सर्वेक्षणले पनि नेपालमा उच्च रक्तचापको बढ्दो अवस्थालाई पुष्टि गरेका छन् । नेपालमा गरिएका पछिल्ला सर्वेक्षण अनुसार युवामा हुने हृदयघातको ५० प्रतिशत कारण उच्च रक्तचाप हो । मस्तिष्कघातमा ७४ प्रतिशत र मिर्गौला खराबी हुनुमा ९० प्रतिशत कारण पनि उच्च रक्तचाप भएको पुष्टि गरेको चिकित्सक अनिलको भनाइ छ ।
नेपाल हृदयघात सचेतना केन्द्रले काठमाडौं उपत्यकाका सहरी युवा तथा वयस्क माझ गरेको एक सर्वेक्षणले १८ देखि ४० वर्षसम्मका २८ प्रतिशत युवामा उच्च रक्तचापको समस्या रहेको देखाएको छ ।

सर्वेक्षणले त्योभन्दा डरलाग्दो तथ्यको रूपमा सो उमेर समूहका ४४ प्रतिशतमा उच्च रक्तचापको जोखिम (प्रि–हाइपरटेन्सन) रहेको देखाएको छ । अनुसन्धानमा पाँच हजार ४४३ जनाको दुबै हातको पाँच÷पाँच मिनेटको अन्तरमा उच्च रक्तचाप जाँच गरिएको थियो ।

उच्च रक्तचापको समस्या भएपछि यो पूर्णरुपमा निको नहुने तर यसलाई रोकधाम गरी यसबाट हुने अन्य रोगको खतरालाई रोक्नु आवश्यक भएको डा अर्यालको भनाइ छ ।

उनले यस्ता पीडितले नियमित औषधि खानुपर्ने र हरेक एक वर्षमा रगतमा चिल्लो। चिनीको मात्रा र उच्च रक्तचापको मात्रा जाँच गराउन आवश्यक रहेको बताए । रासस ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com