त्रिविले ६ जना नर्सलाई बनायो प्रोफेसर

काठमाडौं  माघ १७,

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ६ जना नर्सलाई एकसाथ प्रोफेसर बनाएको छ । विश्वविद्यालय अन्तर्गतका विभिन्न नर्सिङ क्याम्पसमा अध्यापन गराउँदै आएकामध्ये ६ जनालाई एकसाथ प्रोफेसरमा बढुवा गरिएको हो ।

यसअघि प्रोफेसर बढुवा भएर रिटायर्ड हुने नर्सको सँख्या एकदमै न्युन थियो । शनिवार सार्वजनिक नतिजाअनुसार महाराजगञ्ज नर्सिङ क्याम्पसकी क्याम्पस प्रमुख नीरा पाण्डे, सहायक क्याम्पस प्रमुख सूलोचना श्रेष्ठ, नर्सिङ संघकी अध्यक्ष समेत रहेकी तारा पोखरेलका साथै जानकी राई, भगवती केसी र मनकुमारी राई प्रोफेसरमा बढुवा भएका हुन् ।

त्रिविले नर्सहरुको दक्षताको मूल्यांकन गरेको बढुवा हुने मध्येकी एक तारा पोखरेलले बताइन् । उनले भनिन्, ‘त्रिविको यो कदमले समग्र नर्सिङ क्षेत्रमै सकरात्मक सन्देश प्रवाह भएको छ . स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com