दक्षिण अफ्रिकामा अलपत्र साँवा लिम्बु घर फिर्ता

डर्बान , दक्षिण अफ्रीका माघ ११,

लिम्बु छ महिना अघि गैर कानुनी रुपमा काम  गर्न दलाल मार्फत साउथ अफ्रीका पुगेका थिए |

गैर आबसिय नेपाली संघको अनुरोधमा प्रिटोरिया स्थित नेपाल दुतावासले उनको फिर्तीका लागि प्रक्रियाको आवस्यक संयोजन गरेको थियो | संघका अन्तरास्ट्रिय समितिका  कोषाध्यक्ष हिक्मत थापा र अफ्रीका क्षेत्रिय संयोजक सुनिल कार्कीले उनको घरफिर्तीका लागि आबस्यक चासो राखी सहयोग गरेकोमा दक्षिण अफ्रिका स्थित नेपाल दुतावासलाई हार्दिक आभार ब्यक्त गरेका छन् |

दक्षिण अफ्रीकाको पल पिटर्सबर्गमा अलपत्र परेका ताप्लेजुंगका नैन कुमार साँवा लिम्बु आज कतार ऐरबेज बाट काठमाडौँ  फिर्ता भएका छन् | उनि डर्बान विमानस्थल बाट आज साझ दोहा हुदै काठमाडौँ उडेका छन् | उनको फिर्ती प्रक्रियाका लागि परिवार संग संयोजन गरि राखेका गैर आबसिय नेपाली संघ ,मदागास्करका सहसचिब रमेश राईले उक्त जानकारी दिएका हुन् |

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com