यी हुन क्यान्सरबाट बच्ने १० खानेकुरा

शनिबार, २५ पुष,
Anti-Cancer-Dietसमयमै उपचार नगरिए मृत्युको मुखमा पुगिने क्यान्सर आजभोली सामान्य बनेको छ । क्यान्सरबाट अहिले संसारका लाखौ मानिसहरु पीडित छन् । क्यान्सर लागिसकेपछि थोरै मात्र पूर्ण रुपमा निको भएका छन् । 

रोगले वृद्ध वा युवा कोही पनि नभन्ने भएकोले हामीले आफ्नो जीवनशैली परिबर्तन गरेमा केही हदसम्म मुक्ति पाउन सकिन्छ । तर, हामीले खाने दैनिक खानपानमा विशेष ख्याल गरेमा यसबाट बच्न सक्ने विज्ञहरुले बताउँदै आएका छन् । क्यान्सरबाट बच्ने १० ओटा खानेकुराहरुः
तुलसी र पुदिना
यी दुबै जडिबुडीमा शक्तिशाली एन्टिअक्सिटेन्ट तत्वहरु हुन्छ, जसले तपाईँलाई क्यान्सरबाट बचाउँछ । दैनिक रुपमा पाँचओटा पाता तुलसी र पुदिना खाएमा तपाई क्यान्सरबाट मुक्त हुनुुहुन्छ । तपाईँलाई मनपर्ने चटनीमा पिसेर खाँदा अझै प्रभावकारी हुने विज्ञहरु बताउछन् ।
बियाँ र गेडागुडी
यी खानेकुरारुमा भएको तत्वले हाम्रो शरिरमा ट्युमर पलाउन वा फैलन बचाउँछन् । यसबाहेक यसले हाम्रो शरिरको रोग प्रतिरोधात्मक क्षमतालाई पनि बृद्धि गर्छ र क्यान्सरबाट बचाउँछ । तपाईँको दैनिक भोजनमा आजैदेखि केही वियाँ, गेडागुडी तथा बदामको परिकार थप्नुोस र क्यान्सरबाट बच्नुहोस् ।
चुकन्दर
अनिवार्य भिटामिन र खनिजहरु जस्तै आइरन, नाइटिक एसिड र बेटासिनयुक्त चुकन्दरले तपाईँलाई स्वस्थ बनाउँछन् । यसबाहेक यस सब्जीमा शक्तिशाली एन्टिअक्सिडन्ट तत्वहरु हुन्छ जसले स्तन क्यान्सर बाट बचाउनुका साथै ट्युमर बृद्धि हुन जोगाउँछ ।
वदाम
एन्टिअक्सिडन्टयुक्त तत्वहरुले भरिपूर्ण बदामले तपाईलाई क्यान्सरबाट मात्र जोगाउदैन मुटु रोग र अन्य दीर्धकालिन कम्जोरीबाट बचाउछ । भुटेको बदाम काँचो बदाम भन्दा बढी स्वस्थकर मानिन्छ । तसर्थ, बदामलाई पनि खानाको एउटा महत्पूर्ण अंश बनाई शरिरलाई स्वस्थ तथा क्यान्सरमुक्त बनाउनुहोस । खाना खाँदा वा अन्य जुनसुकै बेला बदाम खान सकिन्छ ।
आलु
सबैको भान्सामा दैनिक पाक्ने आलुको महत्व सर्बोपरी छ । यसको नियममित उपभोग गर्नेलाई पाठेघरको क्यान्सर हुँदैन । परापूर्वकालदेखि सब्जीको एउटा महत्वपूर्ण अंश बनेको आलुले मानिसमा लाग्ने अन्य सबै प्रकारका क्यसान्सरबाट बचाउन विशेष भूमिका खेलेको हुन्छ । तसर्थ आलुका विभिन्न परिकार खाएर क्यान्सरबाट मुक्त हुनुहोस् ।
कालो अंगुर
कालोे अंगुरमा इन्थोसाइनिसस नामको तत्व हुन्छ जसले शरिरमा क्यान्सर वृद्धि हुन सक्ने सम्भावित पक्रियालाई निस्कृय बनाइदिन्छ अर्थात् शरिरलाई क्यान्सर बनाउने तत्वलाई रोकिदिन्छ । इन्थोसाइनिससले शरिरलाई संरक्षण प्रदान गर्ने कुनै निश्चित प्रकारको यौगिकहरुको उत्पादन गर्न समेत सहयोग पुयाउछ । नियमित अंगुर नियमित सेबनले रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने हुनाले क्यान्सर नलाग्ने विज्ञहरु बताउछन् ।
हरियो काउली, ब्रो काउली
काउली सबैलाई मन पर्ने प्रिय तरकारी मात्र होइन, यसले क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । ब्रो काउलीले घाँटीमा हुने प्रोस्ट्रेट क्यान्सरबाट बचाउछ । यो क्यान्सर केबल पुरुषहरुलाई मात्र हुने गर्छ । पोषणयुक्त यस परिकाले रोग प्ररिोधक क्षमता बृद्धि गराउँछ । तसर्थ आजैदेखि ब्रोकाउलीलाई तपाईको सब्जी परिकारमा समावेश गरि क्यान्सरमुक्त हुनुहोस् ।
भुइँकटहर
भुइँकटहरमा शक्तिशाली एन्टिअक्सिडन्ट तत्वहरु प्रचुर हुने भएको तपाईको शरिरलाई क्यान्सबाट मुक्त गर्छ । भुइँकटहरलाई जुस वा काटेर सलादको रुपमा प्रयोग गर्न सकिन्छ । राम्रोसँग पाकेको भुइँकटहरको नियमित सेवनले क्यान्सरको खतरा घट्ने विभिन्न अध्ययनले पुष्टि गरिसकेका छन् ।
च्याउ
भिटामिन र प्रोटिनयुक्त सेतो च्याउमा अन्य खानाहरुको तुलनमा १२ प्रतिशत बढी एन्टि अक्सिडन्ट तत्व हुन्छ । च्याउको नियमित सेबनले अन्य घातक रोगका साथै क्यान्सरबाट बचाउँछ ।
हलेदो
हलेदोको स्वास्थ्यका लागि पर्याप्त फाइदाजन हुनुका साथै रोगप्रतिरोधात्मक क्षमतालाई सशक्त बनाउने र अक्सिडियन्ट प्रक्रियाबिरुद्ध लड्न सहयोग पुर्याउछ । तर्सथ क्यान्सरबाट सुरक्षित हुनका लागि एक चिम्टिी हलेदो दैनिक खानामा राखेर खानुहोस् । 
_स्वास्थ्य खबरपत्रिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com