छोरीलाई विष खुवाएर हत्या गरेको आरोपमा सौतेनी आमा जेल चलान

kanchanpur-map
कञ्चनपुर, ६ माघ ,

सौतेनी छोरीलाई विष खुवाएर हत्या गरेको आरोपमा पक्राउ परेकी कञ्चनपुर वेदकोट नगरपालिका शान्तिपुरकी ३० वर्षीया डम्बरा पन्तलाई आज पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।

आठ वर्षीया छोरी लक्ष्मी पन्तलाई विष खुवाएको आरोपमा डम्बरालाई प्रहरीले पुस ७ गते चौधर नदी किनारामा शव गाडनै लागेका बेला पक्राउ गरेको थियो ।

घटनाबारे लामो अनुसन्धान र बहसपछि पक्राउ परेकी पन्तलाई पूर्पक्षका लागि अदालतको आदेशमा कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक केदार खनालले बताउनुभयो । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com