पुरुषले महिलामाथि किन गर्छन् अनैतिक क्रियाकलाप ?

Stri-Siva
दिनको शुभबिहानीको शुरुवातसँगै एफएम रेडियोमा समाचार सुन्यो, पत्रपत्रिका हेरेयो बारम्बार तिनै समाचार सुनिन्छन् त तिनै समाचार पत्रपत्रिकाको पहिलो पेजमै देखिन्छन् । 


कहिले पाचँ वर्षिया बालिकाको बलात्कार, कहिले सामुहिक बलात्कारपछि हत्या, कहिले आफ्नै घरमा काम गर्न बसेकी १४ वर्षिया बालिकाको बारम्बार बलात्कार, कहिले ५२ वर्षिया महिलाको बलात्कार, शिक्षकबाट विद्यार्थी छात्रा बलात्कृत जस्ता समाचाहरु अहिले निकै नै पढ्न र सुन्न पाइन्छ । सवश्रेष्ठ श्रेणीमा पर्ने हामी मानवजाती आखिर किन स्वयम् मानवबाटै यस्ता घटनाहरु बढ्दै गइरहेका छन् त ? कस्तो हुँदै छ यो समाज कसैलाई विश्वास गरेर आफ्नो सम्झिने ?

केही समय पहिला म मेरो साथीले जागिर गर्ने कार्यालयमा गएको थिए । उनीले त्यँहाको सरलाई गुडमर्निङ्क सर भन्दा धाप मारेर के छ मैयाँ भन्नुभयो । तर मलाई त्यस्तो खालको व्यवहार मन परेन । कुनै कार्यालयको माथिल्लो तहका कर्मचारीले वा समकक्षीले महिलाको कामको तुलना उसको सुन्दरतासगँ गरिरहेको पनि पाइन्छ ।

केही समय पहिले धनाढ्य, चर्चित र आफूलाई समाजसेवी भनेर चिनाउने व्यक्तिले आफ्नै घरमा छोरी भनेर काम गर्न राखेकी १४ वर्षिया नाबालिका माथि करिब १ वर्ष देखि निरन्तर बलात्कार गर्दै आएको घटना बाहिर आएको थियो । त्यस्तै केहि महिना पहिले भैरहवामा १२ वर्षिया नाबालिका आफ्नै बाबुबाट बलात्कृत हुन पुगेको समाचारले साह्रै त्रास पैदा गरायो । यसरी बाबुबाट त बलात्कृत हुन पुगे भने के साच्चैं यसरी नै यस्ता घट्ना अझ बढ्दै जाने हो भने आफ्नै घरमा पनि त्रासमा बाँच्नुपर्ने अवस्था नहोला भन्न सकिन्न । आजभोलि दैनिकजसो बलात्कारसँग सम्बन्धित घटनाहरु नै मुख्य समाचारको रुपमा पत्रिकाको पहिलो पेजमै, मुख्य समाचारको रुपमा सुन्न, पढ्न पाइन्छ । यस्ता खालका घट्नाले धेरै नारीहरुलाई त्रास पैदा गराएको हुन्छ । आजको बदलिदो यो समाजमा जति मानिसहरु शिक्षित र विकसित हुँदैछन्, त्यति नै महिलामाथि अनैतिक क्रियाकलाप पनि बढ्दै गइरहेका छन् । यस्ता घटनाप्रति हाम्रो समाज अझ विशेष नारीहरुले चुनौति र कारणको सम्बन्धमा गम्भीर चासो त राख्नैपर्छ ।

यस्तै प्राइभेट अफिसमा काम गर्ने कतिपय महिला हिंसा सहेर बस्न नसकेका कारण जागिरबाट निकालिएका पनि देख्दै र सुन्दै आएका छौ । केही समय पहिला म मेरो साथीले जागिर गर्ने कार्यालयमा गएको थिए । उनीले त्यँहाको सरलाई गुडमर्निङ्क सर भन्दा धाप मारेर के छ मैयाँ भन्नुभयो । तर मलाई त्यस्तो खालको उहाँको व्यवहार मन परेन । यो पनि त महिलामाथिको हिंसा नै हो । अझ कतिपय पुरुषले महिलालाई गर्ने सम्बोधन विभेदकारी हुनसक्छ । कुनै कार्यालयको माथिल्लो तहका कर्मचारीले वा समकक्षीले महिलाको कामको तुलना उसको सुन्दरतासगँ गरिरहेको पनि पाइन्छ । त्यसबाट पनि दुई खालको सन्देश प्राप्त गर्न सकिन्छ । पहिलो त्यो पुरुष कर्मचारी ती महिला कर्मचारीको कामको स्वतन्त्र मुल्याङ्कन गर्नु जरुरी मान्दैनन् । दोस्रो ऊ ती महिला कर्मचारीलाई आफ्नो सहकर्मी नसोचेर एउटी केटीको व्यवहार गर्न चाहान्छ । पेसा र व्यवसायीभित्रै विभेद छ । महिला र पुरुषप्रति गरिने व्यवहार फरक छ । जति नै समान भनिएता पनि महिलालाई साथीका रुपमा होइन अन्यथा नजरले हेरिन्छ ।

यस्ता खालका कृयाकलापबाट सहजै अनुमान गर्न सकिन्छ कि कार्यालयको हाकिमले महिलाको बढुवा गर्दा केलाई आधार बनाउछँन् त उसको काम वा उसको सुन्दरता थुप्रै महिला कर्मचारी परिस्थितिवश यस्तो व्यवहार सहेर बसेका हुन्छन् । त्यस्तो व्यवहार गर्ने हाकिमका अरु पनि चाहाना हुन सक्छन् । जसको सहजै बिरोध गर्न सक्ने अवस्था नहुन सक्छ । मलाई विभेद गरियो भनेर बोल्न सक्ने महिलाको संख्या पनि नगण्य मात्रामा नै छ । अझै पनि महिलामाथि यस्ता खालका व्यवहार हुनुमा कानुनको अभाव पनि एउटा कारण हो । अर्को षुरुषहरुको सोचाइमा परिवर्तन नहुनु साथै हामी महिलामा आत्मविश्वासको कमी हुनु पनि हो ।

हाम्रो नेपाली समाज अझै पनि पुरुष प्रधान सोचमा नै अडिग छ । अझै पनि महिलालाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार रुढिवादी मानसिकताले जडकिएको छ । महिलाहरुलाई कमजोर मान्ने विचरा भन्ने उनीहरुप्रति नराम्रो दृष्टिकोण राख्नाले नै पुरुषहरुबाट महिलाहरुले यस्ता प्रकारका दुव्र्यवहार खेप्नुपरिरहेको छ । यो समाज यसरी आफ्नै बाबुबाट बलात्कृत हुन पुगेका छन् । त कहिले आफू काम गर्न बसेको घरको मालिकबाट बलात्कृत हुन पुगेका छन् । शिक्षकबाट बलात्कृत हुन पुगेका छन् , यसरी दिनप्रतिदिन बलात्कारका घटना बढ्दै गइरहेकोरहेको परिवेशमा न्यूनीकरणका चूनौती र समाधानका बारेमा रहेर मानव अधिकारकर्मी एवंम सुसासन तथा विकाश प्रतिष्ठान जिल्ला संयोजक तथा सञ्चारकर्मी कविता अधिकारी आफ्नो विचार भन्नुहुन्छ–“विविध परिस्थितिका कारण बलात्कारका घटना बढेका छन् । अहिले सचेतना र सहयोगी संयन्त्र बढेका कारण पनि बलात्कारको विषयमा बढी रिपोर्टिङ्क गरिएको पाइन्छ । शान्ति स्थापना गर्ने र संविधान लेखनको अवस्थामा यो विषय पनि समावेश हुनुपर्छ । बलात्कारको विषय ठूलो मुद्दा हुनुपर्छ । जसले जे गरेपनि पनि छुट हुने दण्डहीनता महिला विरुद्धका हिंसालाई प्रश्रय नदिनु, महिला हिंसालाई प्राथमिकतामा नपारिनु, पितृसत्ता हावी हुनु आदि कुराहरु बलात्कार बढ्नुका प्रमुख कारण हुन् ।

यस्तै महिला हकहित र संरक्ष्मणका लागि निरन्तरता दिदैँ आउनुभएकी राजनितिककर्मी जमुना ढकालको विचार छ– “बलात्कारको कारण बलवानको निरीह व्यक्तिमाथिको सोच र दृष्टिकोण नै हो । व्यक्ति नारीमाथि जे गरेपनि हुन्छ, यसमा छुट छ भन्ने मानसिकता नै यसको कारक हो । दण्डहीनताले मात्र बलात्कारका घटनाको अन्त्य सम्भव छैन । किनकि कडा भन्दा कडा दण्ड सजाय हुने मुलुकमा बलात्कारका घटना भइरहेका छन् । बलात्कारका घटना न्यूनीकरणका लागि आफैमा लड्ने शक्ति हुनुपर्छ । साथै हाम्रो सामाजिक दृष्टिकोण मै परिवर्तन आउनुपर्छ ।

मुख्य कारण पितृसत्तात्मक सोच नै हावी हो । पितृसत्तात्मक सोँचबाट ग्रसित हाम्रो समाजमा पोथी बास्नु राम्रो हुदैँन भन्ने भनाइ यत्रतत्र सर्वत्र सुनिन्छ । कसैले केही गर्न सक्दैन भन्ने पुरुषवादी धारणा हो । २१ औँ शताब्दीमा आइपुग्दा पनि महिलाको भूमिका सबै क्षेत्रमा पुग्न सकेकौ छैन । महिलालाई पूर्ण मानवका रुपमा हेरिदैन । उनको शरीरमा जे गर्दा पनि हुन्छ उनीहरुले सहेरै बस्नुपर्छ भन्ने सोच हटेको छैन । बलात्कारीहरु आफूलाई पावरफुल देखाउन चाहन्छन् भने कसैले मलाई बलात्कार गरोस् भनेर कुनै महिलाले छोटो लुगा लगाउँदैनन् । अहिले सचेत नागरिक र सञ्चार माध्यमका कारण सम्बन्धित घटना बाहिर आइरहेका छन् । मृत्युदण्डको पक्षमा नभए पनि कडा भन्दा कडा सजायको व्यवस्था हुनुपर्छ । नियम कानुन भएर मात्र हुदैँन। कार्यान्वय बलियो हुनुपर्छ । आर्थिक रुपमा सशक्त महिला पनि बलात्कारको शिकार नभएका होइनन् । यो सबै महिलाप्रतिको सामाजिक दृष्टिकोण हो । महिलालाई नै दोषी ठहराउने भएका कारण महिलाहरु चुप लागेर बस्न बाध्य हुन्छन् । न्यायका लागि गयो भने उल्टै प्रभावितलाई नै दाषी मानेर मानिसहरु उसैलाई हेप्छन् । यस्तो परिवेशमा महिला कसरी खुलेर बाहिर निस्कन सक्छन् त ?

विभिन्न तहतप्कामा रहेर काम गर्ने महिलाहरुले महिला हिंसा न्यूनीकरण गर्नको लागि आवाज उठाउनु भएको छ । त्यो काम मूल्याङ्कन योग्य नै छन् । उँहाहरुको भनाई महिला बलात्कारका घटना दिनप्रतिदिन बढेको अवस्थामा नारी तथा सञ्चार माध्यमले गम्भीरताका साथ यी र यस्तै घटनाप्रति ध्यानकेन्द्रित गरेको छ । बलात्कारको विषयमा कम रिपोर्टिङ्ख भएको पाइन्छ । संसारमा ८० प्रतिशत र नेपालमा ९० प्रतिशत बलात्कारका घटना रिपोर्टिङ्ख हुदैँनन् । पूर्ण रुपमा बलात्कारलाई न्यनीकरण गर्दा हाम्रो सामाजिक दृष्टिकोण मै परिवर्तन आउनु पर्छ । हामी महिलाहरु हरेक दृष्टिकोणबाट सशक्त हुनुपर्छ र यसमा पुरुषले पनि साथ दिनु जरुरी छ । साथै हाम्रो सामाजिक दृष्टिकोण मै परिवर्तन आउनुपर्छ ।

२१ औ शताब्दीमा आइपुग्दा पनि रुढिगत सोच, विचार, व्यवहार र संस्कारबाट माथि उठ्न सकेको छैन । पुरुष प्रधान हाम्रो देशका पुरुषहरुलाई महिलाले देवताको रुपमा पूजा गर्नुपर्ने अवस्था अझै पनि कायम नै छ । जसकारण पुरुषले महिलामाथि तुच्छ व्यवहार पक्रट गरिरहेका छन् । अझै पनि हाम्रो नेपाली समाजमा छोटा पहिरन लगाउनु र फरक प्रस्तुती देखाउनु नै बलात्कारको कारण मानिन्छ । छोटा कपडा वा फरक हाउभाउमा प्रस्तुत हुनु बलात्कारको कारण होइन । यसको प्रमुख कारण त पितृसत्तात्मक सोच र पुरुषलाई यौनको विषयमा सर्वेसर्वा बनाउनु नै हो । के साँच्चिकै केही समय पहिले आफूले काम गर्ने घरकै मालिकबाट बलात्कृत हुन पुगेकी १४ वर्षीया बालिका ,त्यस्तै आफ्नै बाबुबाट बलात्कृत हुन पुगेकी १२ वर्षीया नाबालिका छोटो पहिरन लगाएकै कारण बलात्कृत भएका हुन् त ? उनीहरु कसैको अगाडि उत्तेजित रुपमा प्रस्तुत हुन् नै सक्छन त ? बलात्कारको मुख्य कारण महिलाको परनिर्भरता तथा आर्थिक रुपमा महिला सशक्त हुन नसक्नुका कारणले गर्दा यस्ता घटनाले स्थान पाइरहेका छन् ।

हामी महिला समय परिस्थिति अनुरुप आफ्नो कार्यप्रति सकारात्मक सोचाई राखी आत्मविश्वास र स्वालम्बनका साथ बलात्कारिक घटना अन्त्यका निम्ति गम्भीर चासोका साथ प्रत्यक कुनाकाप्चासम्म जनचेतना पुराई आम पुरुषको सोचाईमा परिवर्तन ल्याउनु नितान्त आवश्यक छ । हाम्रो समाजमा व्याप्त रुढिवादी, परम्परागत संस्कृति भित्रका सद्गुण र अवगुणहरु केलाउँदै धैर्य र संयमताका साथ असललाई आत्मसाथ गर्ने तथा खराबलाई किनारा लगाउदैँ जाने संस्कृतिको विकाश हुन नसकेको परिवेशमा मानव जीवनमा आइपर्ने नारीविरुद्धका अन्याय, अत्याचार, अनैतिकता आदि विविध सामाजिक व्यवहारबाट बच्नु र बचाउनु आजको सभ्य र आधुनिक समाजको प्रमुख दायित्व हो । 
_source-dainik Nepal;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com