
एजेन्सी पुस २५,
संसारमा अचम्मका घटना हुन थालेका छन् ।
श्रीमान श्रीमतीको सम्बन्धलाई पवित्र मानिन्छ र सात जुनीको कसम खाएर एकअर्कामा समर्पित हुन्छन् । तर, आजभोलीका युवायुवती परिवारको अनुमतिविना भागेर विहे गर्दा दुःख पाउन थालेका छन् ।
आगराको गोविन्द नगरमा बस्दै आएकी एक युवतीको हालत पनि यस्तै भएको छ । रानी नामकी युवतीलाई एक युवकले पहिला गहिरो प्रेम, फेरि आफ्नो यौन प्यासको सिकार र अन्तिममा नाङ्गै बनाएर आफ्ना मित्रलाई सुम्पिदिएका छन् ।
प्रहरी थाना सदरमा यो घटना आइपुगेको छ । पीडित युवतीका अनुसार अब उनको सम्पर्क आफ्ना कथित पतिसँग भइरहेको छैन् । छाडेर वेपत्ता भएका छन् । परिवारसँग झगडा गरेर प्रेम विवाह गरेकी थिईन् रानीले, युवक फरक धर्मका थिए तर, प्रेमका लागि रानीले धर्म पनि तोडिन् । अब रानीका लागि न त परिवार साथमा छन् न त श्रीमानकै अत्तोपत्तो ।
गोविन्दनगरकी रानीले प्रहरी बयानमा ईदगाह कटघर नजिकै बस्ने युवक सलमान मोहम्मदले ४ वर्ष पहिला उनीसँग प्रेमको नाटक रचेका थिए । उनी सलमानको जालमा फसिन् । परिवारसँग झगडा गरेर उनने सलमानसँग विवाह पनि गरिन् । विवाहपछि सलमानको असली रुप बाहिर आयो । प्रहरीले सलमानको खोजी गरिरहेको छ ।