के गर्छन् कोख भित्र शिशु ?

preg-stages-39-420x0बुधबार पुस २९,

९ महिनापछि आकर्षक रुपमा जन्मिनुअघि आमाको कोखमा रहेको बच्चा कुन अवस्थमा कसरी बसेको हुन्छ भन्ने विषयमा सबैलाई खुलदुली हुन सक्छ । कोखमा रहेको शिशु केबल त्यहाँ बस्ने र समयक्रम अनुसार बृद्धि भएको हुन्छ । तर यतिमै सिमित हुदैन उनीहरुको ९ महिने चक्र । पेटभित्रको भ्रुण आफैमा एउटा रहस्य हो जसलाई चिकित्सकले खासै खुलासा गर्दैनन् ।

रुन्छन्ः आमाको कोखभित्र रहेको बच्चा रुन्छन भन्दा तपाईलाई साहै दुःख लाग्छ होला । तर सत्य यो हो की उनीहरु बारम्बार सुस्तरी रुन्छन् । तर अन्य जन्मिसकेको बालबालिका जस्तो चिच्चाएर भने होइन । गर्भवती महिलाको तेस्रो त्रैमासिकमा लिइएको डिजिटल अल्ट्रासाउन्डमा कोखभित्रको बच्चाले मुख खोलेको, आँशु चुहाएको, ओठ कमाएको र बिस्तारै मुठी पारेर रोएको संकेत देखिन्छ । तापनी भावनात्मक रुपमा उथलपुथल भन्दा पनि शिशुको नियमित विकासको पक्रियालाई लिइन्छ ।
उनीहरुले स्मरण गर्छनः युनिर्भसिटी अफ हेल्सिन्कीको एक अध्ययन अनुसार कोखभित्र कुनै विशेष गीत वा लयमा आफ्नो दिमाग चलाउने बच्चा जन्मेपछि पनि चलाख र बढी स्मरण शक्ति भएका हुन्छन् ।

स्वाद थाहा पाउछन्ः पेडियाट्रिकमा प्रकाशित एक अध्ययन अनुसार तेस्रो त्रैमासिक अवधिमा प्रर्याप्त गाजर खाने आमाहरुको शिशु जन्मेपछि सागपात खान बढी रुचाउछन् । अवश्य पनि शिशुले कोखमा बसेर खाना खादैन तर गर्भवती आमाले खाएको खानेकुराको तरल पर्दाथबाट उनीहरु बाँचेका हुन्छन् । र, यसको स्वाद पनि उनीहरुले थाहा पाउछन् । विशेष गरी झोलिलो र फलफुलको स्वाद शिशुले थाहा पाउछन् ।

उनीहरुले सुन्छन्ः कोखमा रहेका शिशु सुन्ने पनि गर्छन् । त्यही भएर गर्भवती महिलाले राम्रो श्लोक बाचन गराउने परम्परा छ । युनिर्भसिटी अफ फलोरिडाको एक अध्ययन अनुसार आमाहरुले विशेष प्रकारको लय बाचन गर्दा भ्रुणको मुटुको गति घट्छ । अन्य मानिसहरुले चर्को आवाजमा गीत गाउदा वा श्लोक बाचन गर्दा पनि शिशुहरुले सुन्न सक्ने बताइन्छ ।

तनाबप्रति प्रतिकृया जनाउछनः गर्भवती महिलालाई तनाब भयो भने कोखको भ्रुणलाई पनि तनाब हुने गर्छ । त्यही भएर गर्भाअवस्थमा आमाहरुलाई शान्त र आनन्द हुन अनुरोध गरिन्छ । ल्यानकास्टर र डुरहाम विश्वविद्यायलले गरेका दुई भिन्दा भिन्दै अध्ययनमा गर्भवती आमाले नकरात्मक प्रतिकृया र आवेगमा आउछ शिशुहरु पनि उत्तेजित हुने र आफ्नो अनुहार देब्रो हातले ढाक्ने गर्छन । तसर्थ नयाँ जीवनलाई खुसी र आनन्दित बनाउन आनन्दसँग स्वास लिनुहोस र सदैब खुसी बन्नुहोस ।
उनीहरुले अभिव्यक्त पनि गर्छनः डुरहाम र ल्यानकास्टर विश्वविद्यालयलेगरेका अध्ययनअनुसार २४ साता भएका शिशुले ङिच्च हास्ने र ३६ सातामा आँखीभौ उचाल्ने गर्छन् । _-स्वास्थ्य खबरपत्रिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com