रोगले कुरुप बनाएकी युवतीको अनुभूति : सफलताका लागि सौन्दर्य होइन, साहस चाहिन्छ

बिबिसी पुस २६,

टामी सन्उडर्स कुनैबेला साह्रै सुन्दर युवतीमध्ये पर्थिन् । तर, रोगका कारण उनले आफ्नो सुन्दरता मात्रै होइन, आत्मविश्वास समेत गुमाइन् । तर, अहिले उनी फेरि साहसी भएकी छिन् । त्यही साहसले उनलाई जीवन जिउने प्रेरणा मात्रै होइन, चर्चित पनि बनाउँदै लगेको छ । जिउने नयाँ कला सिकेकी छिन् । सफलताका लागि शरीर होइन, मन सुन्दर हुनपर्छ भन्ने कुरालाई कसरी स्थापित गरिन् ? उनकै शब्दमाः
आफू शतप्रतिशत आत्मविश्वासी छु भनेर कसैले पनि आफूलाई भन्न सक्दैन । हाम्रो अनुहार, व्यक्तित्व र क्षमताका कारण कहिलेकाहीं वा बारम्बार आफूमाथि नै शंका गर्ने गर्छाैं ।


किशोरावस्था आफैंमा बेइमान समय हो । यो बेला अधिकांश किशोर किशोरी आफ्नो अनुहारको छाला, कपालको रंग शारीरिक संरचनालाई लिएर विभिन्न गुनासो गर्छन् । कसैको भने जस्तै शारीरिक संरचना हुन्छ भने कोही ऐनाको नजिक पर्न पनि चाहन्नन् । तर, ममा भने आकर्षक संरचना थियो ।


 म निकै अत्तिने गर्थें । तर, ब्वाइफ्रेन्डलाई भेटेको केही मिनेटपछि मेरो अनुहार बिर्सन्थ्यो । उसले मेरो आँखामा हेर्यो, मेरो घाउमा होइन । मेरो व्यक्तित्वदेखि ऊ निकै प्रभावित भयो । तर, जे जति भए पनि म अझै पनि आकर्षक व्यक्ति हुँ भन्ने प्रमाणित गरें । किनकी म भित्र केही न केही थियो ।

निश्चय नै बाल्यकालको सुन्दरता उमेर बढ्दै गएपछि बिस्तारै ओइलाउँछ । किशोरावस्थाको मध्यतिर म यति सचेत थिए कि मानिसले मलाई हेरिहँदा मलाई दिक्क लाग्थ्यो । घरीघरी मेरो सुन्दरता देखि मलाई नै दिक्क लाग्थ्यो । जसले पनि मलाई नै हेर्छन् । मेरै सुन्दरताको प्रशंसा गर्छन् । ममा निकै आत्म सम्मान बढेको थियो, जुन कुरा आमाले बताउने गर्नुहुन्थ्यो । उहाँले मलाई एउटा स्थानीय रेस्टुरेन्टमा काम गर्ने प्रस्ताव गर्नुभयो । आमाको प्रस्ताव सुन्दा पनि मलाई निकै डर लाग्यो । तर,  आमाको बचन काट्न सकिनँ । वेर्टसको जागिर गर्दा साहै« पीडा बोध भयो । बच्चाहरुलाई पोखरीमा फालेर पौडी खेलाउन सिकाउने एउटा तरिका निकै लोकप्रिय मानिन्छ । म पनि त्यस्तै एउटी बच्चा थिएँ । सायद आमाले पनि मलाई यस्तै प्रयोग गरेको हुनुपर्छ ।

किशोरावस्थाको मध्यतिर म यति सचेत थिए कि मानिसले मलाई हेरिहँदा मलाई दिक्क लाग्थ्यो । घरीघरी मेरो सुन्दरता देखि मलाई नै दिक्क लाग्थ्यो । जसले पनि मलाई नै हेर्छन् । मेरै सुन्दरताको प्रशंसा गर्छन् ।

केही महिनाभित्रै म रेस्टुरेन्टका आकर्षक कर्मचारीको सूचीमा अटाउन थालें । मेरो आकर्षक जीउडालको सदैव प्रशंसा हुन्थ्यो । २० वर्षको उमेरमा म साहै« सुन्दर देखिएँ । मेकअप गर्दा त झन् मेरो सुन्दरतामा निखारता आएको थियो । ममा सबैथोक थियो । ब्वाइफ्रेन्ड, घर र करिअर थियो । तर, ३२ वर्ष पुग्दा मेरो अनुहारमा आकस्मिक परिवर्तन आयो । जीवनले युटर्नको ग¥यो ।


सन् २०१३ को क्रिसमस निकै रमाइलो थियो । २७ वर्षको हुँदा बहिनी र उनको परिवारलाई भेट्न लन्डन यात्रा गर्ने योजना बनाए । तर त्यो दिन बिहान म निकै दुर्भाग्यपूर्ण अवस्थामा ब्युतिएँ । तसर्थ बहिनीकोमा जाने योजना रद्द भयो । भोलिपल्ट मैले आफूलाई एउटा स्थानीय अस्पतालको आइसीयुमा पाएँ । मेरो अवस्था गम्भीर थियो । बेडबाट टाउको उठाउन समेत सक्ने अवस्था थिएन । एक चुस्की पानी पिउँदा वान्ता हुन्थ्यो ।

_87489543_bench-edit


मेरा खुट्टा र ओठहरु झम्झमाउन थालेपछि म बढी सचेत हुन थालें । मेरो बाहिरी शरीर निकै चिसो भएको थियो । जे गर्दा पनि तातो हुदैनथ्यो । म आमाको बेडरुमा गँए । मलाई देख्नेवित्तिकै आमाले एम्बुलेन्स ल्याउनका लागि मेरो सौतेनी बाबुलाई आग्रह गर्नुभयो । दुई घन्टापछि म कोमामा पुगेकी रहेछु । मलाई मेनेन्जाइटिस भएको रहेछ, जसको पत्तो १० दिनपछि भयो ।


मलाई डिसिमिनेटेड इन्ट्राभास्कुलर कोगुलेसन(डीआइसी) भएको रहेछ । डीआईसीले रक्त नलीलाई ह्यामोरेज बनाएको रहेछ, जसका कारण टाउकोभित्र रगत बहेको थियो । मेरो बाहिरी शरिर नराम्रोसँग प्रभावित भएको थियो । बिस्तारै अनुहार, जोर्नी र नसाहरुमा पनि समस्या देखियो । मेरो आधा नाक झरयो र ओठको केही भाग गुमाएँ ।

आफ्नो अनुहार र शारीरिक संरचनाप्रति निकै दुःखित थिए । म चार महिनासम्म अस्पतालमा बसें । बिरामी हुनुअघि समाजिक र सक्रीय व्यक्ति बन्न मैले निकै मेहनत गरें । तर, जब म अस्पतालबाट घर फर्किएँ तोकिएको दिन अस्पताल जचाउन बाहेक  फल्याट छोडेर बाहिर हिडिनँ । किनकी मेरो विग्रेको अनुहारकै कारण अरुसँग बोल्ने र भेट्ने आँट गरिनँ ।  
मेरो पाखुरा, हात  खुट्टा र पैतलाको मासु काट्नुपयो ।  मेरो जोर्नीको बाँकी रहेको छाला आगोले पोलेजस्तै भतभती पोलेको थियो । माशंपेशी र नशाहरुमा पनि नराम्रोसँग असर भएको थियो । म निकै अशक्त महशुस गर्थे ।


आफ्नो अनुहार र शारीरिक संरचनाप्रति निकै दुःखित थिए । म चार महिनासम्म अस्पतालमा बसें । बिरामी हुनुअघि समाजिक र सक्रीय व्यक्ति बन्न मैले निकै मेहनत गरें । तर, जब म अस्पतालबाट घर फर्किएँ तोकिएको दिन अस्पताल जचाउन बाहेक  फल्याट छोडेर बाहिर हिडिनँ । किनकी मेरो विग्रेको अनुहारकै कारण अरुसँग बोल्ने र भेट्ने आँट गरिनँ ।
_87504549_tweets
मैले आफूले आफूलाई निकै कारुणिक पाउथे । मलाई लाग्थ्यो एउटा स्वतन्त्र र आत्मविश्वासी ट्यामी मोरिसकीर त्यसको सट्टा म भित्र आफैंले नचिन्ने एउटा अपरिचित मान्छे छ । मैले आफूले आफैंलाई मन पराउन छोडें । मेरो अनुभव आफ्ना साथी र परिवारलाई सुनाउँदा उनीहरु आश्चर्य चकित पर्थे । तर, भित्र भने म उही टेमी थिए जो खुसी भएर जीउन योग्य थिए ।



त्यही बेला च्यानल फोर दीअनडेटेबल नामक डेटिङ कार्यक्रमका लागि आवेदन दिए । चुनौतीपूर्ण अवस्था सामना गरेका मानिसहरुका लागि सो डेटिङ कार्यक्रम लक्षित थियो । किशोरावस्थामा मेरो आमाले गहिरो पोखरीमा छोडे जस्तै अहिले भने आफै पोखरीमा हामफाल्ने आँट गरे । कार्यक्रम चलाउँदा मलाई एउटा ऊर्जा मिल्यो । मलाई मेरा राम्रा पक्षहरुको बारेमा स्मरण भयो । नराम्रो अनुहारभित्र राम्रो पक्ष पनि देखें ।


मैले आफूले आफूलाई निकै कारुणिक पाउथे । मलाई लाग्थ्यो एउटा स्वतन्त्र र आत्मविश्वासी ट्यामी मोरिसकीर त्यसको सट्टा म भित्र आफैंले नचिन्ने एउटा अपरिचित मान्छे छ । मैले आफूले आफैंलाई मन पराउन छोडें ।

यसअगाडि म निकै अत्तिने गर्थें । तर, ब्वाइफ्रेन्डलाई भेटेको केही मिनेटपछि मेरो अनुहार बिर्सन्थ्यो । उसले मेरो आँखामा हेर्यो । तर कहिल्यै पनि मेरो घाउमा होइन । मेरो व्यक्तित्वदेखि ऊ निकै प्रभावित भयो । तर, जे जति भए पनि म अझै पनि आकर्षक व्यक्ति भन्ने प्रमाणित गरें । किनकी म भित्र केही न केही थियो ।


कार्यक्रम चलाउन थालेपछि तीन पटक म अस्पताल पुगें । हरेक पटक अस्पताल जाँदा मैले नयाँ साथीहरु बनाउने गर्थें । पहिलो पटक अस्पताल पुग्दा साथीहरुले मेरो अनुहार देखेर के भन्लान् भनेर म बोल्ने आँट गर्दैनथे । तर, अहिले ममा अनौठा साहस जागेको छ । एक पटक भेटेका मान्छेहरुसँग म गफ गर्छु, हाँस्छु र आवश्यक परे पीडा पोख्छु । मेरो बारेमा उनीहरुले सोध्छन् । म पनि धक नमानी बोल्छु ।



अरु मानिसहरुले मेरा बारेमा जे भने पनि मलाई नराम्रो लाग्दैन । उनीहरुले आफ्ना कथा भन्दा मेरो सम्झना आउँछ । बरु उनीहरुलाई सहानुभूति दिन्छु । मेरो आत्मविश्वासको यात्रा निरन्तर छ र यसले काम गरिरहेको छ । मलाई सहयोग गर्ने बहुसख्ंयक मानिसप्रति आभार प्रकट गर्छु । मलाई लाग्छ आत्मविश्वास भित्रैबाट आउने कुरा हो ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com