मुटु कम धड्कनु महिलाका लागि खतरनाक

मंगलबार माघ १२,

चिकित्सकहरुको एक अध्ययनले मुटुको असामान्य धड्कन महिलाका लागि खतरनाक हुने देखाएको छ  ।

निर्धारित समयमा महिलाको मुटु बढी वा कम धड्कनु महिलाका लागि पुरुषको भन्दा बढी खतरा हुने अध्ययनले देखाएको छ ।

एट्रियन फाइब्रिलेशन (एएफ)की बिमारी महिलामा गरिएको अध्ययनमा उसको मुटुको धड्कन पुरुषको भन्दा दोब्बर रहेको थियो । एट्रियन फाइब्रिलेशनबाट निको हुनका लागि महिलालाई पुरुषलाई भन्दा बढी समय लाग्ने गरेको छ ।

अक्सफर्ड विश्वविद्यालयका काँनर एमडिन तथा उनका सहयोगीहरुले गरेको अध्ययनमा उनीहरुले यस विषयमा धेरै सोधखोज गरेका छन् ।

अध्ययन पछि काँनरले भने–‘एएफकी बिरामी एक महिला सोही रोग भएका पुरुषको आफन्त हुन, उनको उपचार सम्भव भएको छैन् ।’

ब्रिटेनमा १० लाख भन्दा बढी मानिस एट्रियल फाइब्रिलेशनका बिरामी रहेको बीबीसीले जनाएको छ ।

तपाईमा पनि यो रोग छ कि छैन भनेर ३० सेकेन्डमै पत्ता लगाउन सकिन्छ । कोही कोही बेला मुटुको धड्कन कम तथा बढी हुनु सामान्य कुरा हो ।

तर, तपाईको मुटुको धड्कन लामो समयसम्म अनियमित रुपमा बढी वा छिटो धड्कन्छ भने तपाईले तुरुन्तै चिकित्सकलाई देखाउनुपर्ने हुन्छ ।

यदी तपाईको धड्कन प्रति मिनेट सय भन्दा बढी भयो भने तपाईलाई चक्कर आउन सक्छ ।

ब्रिटिस हार्ट फाउण्डेसनकी जून डेवीसनले भनिन्– 'महिला र पुरुष दुवैमा एएफ ठीक रुपमा पत्ता लाग्दैनथ्यो तर यो महत्वपूर्ण कुरा हो । मुटुको उपचार गर्न एएफ पता लगाउनुपर्छ ।

रोकथाम गर्नका लागि पुरुष र महिलामा हुने अन्तरबारे अध्ययन गर्नुपर्छ ।' यो अन्तर पत्ता लगाउन अत्यधिक खोज गर्नुपर्ने जूनको भनाई छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com