आठ महिनाकी गर्भवती श्रीमतीले यौन सम्पर्क गर्न नमान्दा श्रीमान्ले गरे हत्या, लुकिछिपी सद्गद

Ghat
लुम्बिनी (रुपन्देही), २७ पुस ,

आठ महिनाकी गर्भवती  श्रीमतीसँग यौन सम्पर्क गर्न खोज्दा नमानेपछि श्रीमान्ले कुटपिट गरी हत्या गरेको अभियोग लगाइएको छ ।
मादक पदार्थ सेवन गरी रुपन्देहीको सिपवा-६ का २५ वर्षीय शैलेश मल्लाहले आफ्नै २२ वर्षीया श्रीमती सुनितालाई शनिबार निर्घात कुटपिट गर्दा मृत्यु भएको रुपन्देहीका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

हत्या गरी केही छिमेकीको मिलोमतोमा लुकिछिपी दाहसंस्कार गरिरहेको अवस्थामा घाटमा पुगेको प्रहरी टोलीले मृतक सुनिताका श्रीमान्सहित मलामी गएका पाँच जनालाई पक्राउ गरी अनुसन्धान गर्दा उक्त रहस्य खुलेको हो । अभियुक्तले आफ्नो कर्तुत स्वीकार गरेका छन् । प्रहरीले उक्त घटना आज मात्रै सार्वजनिक गरेको हो । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com