Interview मोडलिङमा सौखले लागियो

फेसन डिजाइनको अध्ययन, सानैदेखि -याम्पमा हिँड्ने सौख र फ्रेन्च भाषाप्रतिको लगावले योगिता थापालाई यतिबेला बेल्जियमको टप मोडल कम्पिटिसनमा पु-याएको छ ।

उनी प्रतिस्पर्धाको अन्तिम चरणमा प्रवेश गरिसकेकी छन् । प्रतिस्पर्धाको फाइनल आउँदो जनवरी १६ मा हुँदैछ । योगिता भन्छिन्, ‘उपाधि जित्न हार्डवर्क गर्दैछु, मेहनतसँगै मलाई दर्शक र शुभेच्छुकको साथ पनि चाहिन्छ ।’ विदेशी भूमिमा मोडल कम्पिटिसन गर्दाको अनुभवबारे नेपाली चेली योगिताले कुमार राउतसँग गरेको कुराकानी :
 ० तपाईं व्यावसायिक मोडल हो ? 
– होइन, व्यावसायिक रूपमा काम गरेको छ्रैन, तर मेरो बच्चैदेखि ग्ल्यामर क्षेत्र रुचिको विषय हो । त्यसैले यतिबेला विदेशी भूमिमा भए पनि मोडल कम्पिटिसनमा सहभागी छु ।

० कुन कम्पिटिसनमा हुनुहुन्छ ?
 – टप मोडेल बेल्जियम कम्पिटिसन–२०१६ मा सहभागी छु, यसको फाइनल जनवरी १६ मा पेरिसमा हुँदैछ । म अन्तिम चरण अर्थात् (फिनाले राउन्ड) लागि छनोट भइसकेकी छु ।

० अन्तिम चरणमा कतिजना हुनुहुन्छ ?
 – हाम्रो क्याटगोरीमा दसजना छौं । यो कम्पिटिसनमा सिनियर, जुनियर र पुरुषलगायत अन्य विधामा पनि प्रतिस्पर्धा हुन्छ । अन्य विधामा चाहिँ धेरै छन् जस्तो लागेको छ ।

० विजेता बन्न केले रोक्यो ?
 – विजेता बन्न ५० प्रतिशत दर्शक र ५० प्रतिशत आफ्नो प्रफर्मेन्स देखाउनुपर्छ । प्रफर्मेन्स राम्रो गर्न दिनरात मेहनत गरिरहेकी छु । जे होस्, दर्शकको माया पाएँ भने विजेता बन्छु भन्ने आश गरेकी छु ।

० विजेता बन्नु होला त ? 
– ‘ट्राइ माइ बेस्ट’ आशा गरेको विजेता बन्ने, त्यसका लागि मैले आफ्नोतर्फबाट हार्डवर्क गरिरहेकी छु । यहाँका नेपाली दाजुभाइ र दिदीबहिनीसँग सहयोगको अपेक्षा गरेकी छु । निश्चय पनि उहाँहरू एउटी नेपाली चेली विजेता बनेको देख्न चाहनुहुन्छ होला ।

० कस्तो छ नेपाली समाज ?
 – नेपालजस्तै, विविधतामा एकता । धेरै संघ÷संगठन भए पनि उनीहरूको उद्देश्य नेपाल र नेपालीलाई माया गर्ने मात्र हो ।

० आयोजक को हो नि ? 
– युरोप क्षेत्रमा मोडल उत्पादन गर्ने फ्रान्सका एक दम्पती हुनुहुन्छ, उहाँहरूले विगत १२–१३ वर्षदेखि यस्तो प्रतियोगिता आयोजना गर्दै आउनुभएको छ । यो प्रतियोगिता प्रत्येक वर्ष हुँदै आएको छ ।

० कसरी सहभागी बन्न पाइन्छ ? 
– सुरुमा व्यक्तित्व, विगत र विविध कुरा हेरेर अडिसन गराइन्छ । छनोट भएपछि फोटो सुटलगायत विभिन्न प्रक्रिया पूरा गर्दै अघि बढ्नुपर्छ । ती प्रक्रियामा आफूलाई अब्बल देखायो भने मात्र फिनाले राउन्डमा पुगिन्छ ।

० विजेता भयो भने के पाइन्छ ? 
– उत्कृष्टले पैसालगायत अन्य पुरस्कार पनि पाउँछन् । त्यसका साथै विभिन्न मोडलिङको काम पाउँछन् । त्योभन्दा बढी त्यहाँको ‘टप फोटोग्राफर’ सँग काम गर्न पाइन्छ ।

० कति भो बेल्जियम बस्नुभएको ? 
– आठ वर्ष भयो । परिवारको व्यवसाय यतै भएकाले हामी बेल्जियम बसेका हौं, त्यसअघि हाम्रो व्यवसाय मलेसियामा थियो । दिल्लीमा फेसन डिजाइन पढ्दापढ्दै मेरो विवाह भयो ।

० पे्रम विवाह गर्नुभयो ? 
– होइन, मागी विवाह हो । एउटा सामान्य नेपालीको नातेदारबाट जसरी प्रस्ताव आउँछ, त्यसरी नै प्रस्ताव आयो र हामीले विवाह गरेका हौं ।

० श्रीमान् के गर्नुहुन्छ ? 
– उहाँ व्यवसायी हुनुहुन्छ । उहाँको हस्तकला व्यवसाय छ ।

० तपाईं चाहिँ ग्लयामर क्षेत्रमा ?
 – ग्ल्यामर मेरो सौखको विषय भयो, त्योबाहेक घरपरिवार, श्रीमान्को विजनेसमा सहयोग र म आफैं पनि काम गर्छु । बेल्जियममा डच र फ्रेन्च भाषा प्रयोगमा छ । मैले फ्रेन्च भाषा अध्ययन गरेकी छु ।

० ग्ल्यामरतिर कसरी आकर्षित हुनुभयो ? 
– इच्छा भएपछि त्यसका लागि हरेक उपाय निस्कँदो रहेछ । मैले फेसन डिजाइन अध्ययन गरेकी थिएँ । गीत–संगीतमा रुचि थियो । डान्स गर्ने र ¥याम्पमा हिँड्ने बच्चैदेखिको सौख थियो । मलेसियामा रहँदा पनि भाषा र ग्ल्यामर क्षेत्रलाई त्याग्न सकिनँ ।

० ग्ल्यामर क्षेत्रमा त्यस्तो के देख्नुभयो र ? 
– नेम र फेम दुवै छ । अझ यसलाई व्यावसायिक रूपमा काम गर्न सके प्रशस्त पैसा कमाउन सकिन्छ ।

० परिवारको सहयोग पनि चाहिन्छ होला नि ? 
–परिवारको सहयोगबिना विवाहित महिलाले कुनै काम सजिलै गर्छन् जस्तो लाग्दैन । माइतीमा हुँदा बुबा–आमाले मेरो यो इच्छालाई साथ दिनुभएको थियो, विवाहपछि श्रीमान्ले सहयोग गर्दै आउनुभएको छ ।

० पैसा प्रशस्तै कमाइँदो रहेछ यो क्षेत्रमा ? 
– यसलाई पेसाको रूपमा अंगाल्न सकिए मनग्गे पैसा पनि कमाइन्छ । तर म चाहिँ व्यावसायिकभन्दा पनि सौख पूरा गर्न यो क्षेत्रमा आएकी हुँ । सफलता हासिल गर्दै गइयो भने यसलाई पेसाका रूपमा अंगाल्न सकिएला ।

० अहिले यसलाई पेसा बनाउन अहिले अप्ठ्यारो छ ?
 – घरपरिवार हेरिरहेकी छु, पार्टटाइम काम गर्छु, अध्ययन पनि गरिरहेकी छु । कहिलेकाहीँ मोडल कम्पिटिसनमा पनि सहभागी छु । मोडलिङलाई पेसा बनाउने हो भने यी सबै कुरा त्याग्नुपर्छ, जुन कुरा मेरा लागि तत्काल सम्भव छैन ।

० यति धेरै काम एउटी महिलाबाट सम्भव छ ? 
– समयलाई व्यवस्थापन गर्न सकियो भने महिला वा पुरुष दुवैले धेरै काम गर्न सक्दा रहेछन् । तर मेहनत, लगनशील र उद्देश्य लिएर लाग्नुपर्छ ।

० कति भयो नेपाल आउन नपाएको ? 
– सात÷आठ वर्ष नाघिसक्यो, अब जुन–जुलाईतिर आउने तयारी गरिरहेकी छु ।

० नेपालबारे के थाहा छ ? 
– बसाई टाढा भए पनि सामाजिक सञ्जालले हामीलाई जोडेको छ । प्रत्येक क्षण हामी नेपालमा घरपरिवारसँग जोडिएका हुन्छौं । विदेशमा बसेपछि हाम्रो बढी चासो देश र घरपरिवारप्रति नै हुँदो रहेछ । ०

 पछिल्लो समाचार के सुन्नुभएको छ ? 
– भारतले अघोषित नाकाबन्दी लगाएको छ, तराईमा आन्दोलन चलिरहेको छ, राजधानीमा अभाव र महँगी बढेको छ । समग्रमा सुखद् समाचार छैनन् । नेपाल छोड्दा पनि माओवादी द्वन्द्व थियो ।
_ source-nepalbritain:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com