गजल ,
भतुवाहरुको लामै लाम छ दुताबासमा
तछाड मछाड हुने जाम छ दुताबासमा !
आज न कुनै चाडबाड न गणतन्त्र दिवश
तैपनि सीता धनुषा धाम छ दुताबासमा !
सुरा र सुन्दरीको पनि पक्कै व्यबस्था होला
त्यसैले गजबको ताम झाम छ दुताबासमा!
खाली हात पक्कै फर्किनु नपर्ने गएपछि
कहीँ जिन्सी त कहीँ दाम छ दुताबासमा !
मेरो नजर ती सबै लेण्डुप दोर्जे नै हुन
हेर्दै जाम क कस्को नाम छ दुताबासमा !
धर्म राज वन्त
बसुन्धरा काठमाण्डु