गजल By, मानन्धर अभागी
परेवाको त्यो जोडीझैं यौटा अनौठो प्यार
आँखा लाग्यो छुटाउने दुष्टको त्यो विचार
मुटु जलेछ डाहाले छटपटिन थालेछ
ती दुई वीच पर्खाल लाउँदैछ त्यो वार
गर्नु गरेछ खेदो कस्तो जालिम रैछ
यौटालाई सिध्याइ भै गएछ फरार
रोइ कराइ रहेछ छाती पिटीपिटी उनी
उ विना बाँच्न सकेन उनी पनि मर्न तयार
परेवाको त्यो जोडीझैं यौटा अनौठो प्यार
आँखा लाग्यो छुटाउने दुष्टको त्यो विचार ।