"कतै आफ्नै आमा माथि उठाएको प्रश्न पो होकी ?"

मधेसी मोर्चाका नेता ,कार्यकर्ता आज विवेक गुमाएको पशु भएको देखेर दया लाग्छ भने पढ़ेलेखेका युवाहरुले पत्रपत्रिका मार्फत आफ्नो भावना राखेको देख्दा आश्चर्य लाग्छ | 

के उनका विदुवा आमा,विधुर वावालाई पवित्र स्थलमा जान रोक थियो?आज सम्म विधुवा कुनै आमाको,विधुर बाबाको  चरण मन्दिरमा परेको छैन? मन्दिरमा जानको लागि के बिधुवा के  सौभाग्य? पवित्र धर्म स्थलमा टेक्न ,पुजा पाठ गर्न किन चाहिन्छ  निमन्त्रणा ? दर्शन गर्न इच्छा भएका सम्पूर्ण दर्शालु भक्तजनलाई कसले दिनुपर्छ र निमन्त्रणा ? यो  कुरालाई किन विर्सिदैछ्न ?

म राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अमर्यादित व्यवहार भएकोमा आपत्ति जनाउँछु  । आन्दोलनकारीको उक्त कदमको भत्सर्ना गर्छु ।कुनियत पूर्ण गरिएको यो आक्रमणमा  मधेसी मोर्चाका नेताहरूले सार्वजनिक रूपमा माफ़ी माग्न ध्यानाकर्षण गराउँछु ।

यसले आधुनिक नेपाली समाजलाई मात्र कलंकित गरेको छैन , राष्ट्रको निर्माण र परिवर्तनको योगदान गर्ने सींगों महिला समुदायलाई घोर अपमानसमेत गरेको छ | यहा एउटा  राष्ट्रपति भएकी  नारीको अपमान मात्र हैन विश्वकै आमा ,नारीहरु प्रति प्रश्न चिन्ह खडा भएको छ |

नेपालको संविधानले धर्म , लिंग , र रंगकाआधारमा हुने सबैखाले विभेदलाई संवैधानिक रूपले अन्त्य र राष्ट्रले देश भित्रका सबै धर्म , संस्कृति , परम्परा र रीतिरिवाज प्रति सम्मान र प्रतिबद्धता प्रकट गरि सकेको कुरा स्मरण गराउन चाहन्छु ।

म आम नेपाली जनता सामु यस्तो क्रियाकलाप प्रति खुला रूपले  माफ़ी माग्न समेत मोर्चा सम्बद्ध व्यक्ति तथा संगठनहरूको ध्यानाकर्षण गराउन चाहन्छु ।

नारीत्वको अभिशाप
न त आमाको बध  गर्दा परशुरामको हृदय द्रवित भयो न त सीता धर्तीमा  समाहित  हुँदा रामको हृदय विदीर्ण भयो । अधिकार र त्यस्का हरेक वलिदानलाई उसको  दुर्बलता मान्दै आइदै छ । नारीको हतसंज्ञताको पाश्वर्यमा उसको सदियौंबाट हुदै आएको शोषण रहेछ जब हामी  धेरै समयसम्म कुनै अँगबाट  उसको शक्ति भन्दा बढी कार्य लिने गर्छौं  अनी त्यो शिथिल र संज्ञाहीन सहिन्छ ।नारी जातिले पनि समाजलाई आफ्नो शक्ति भन्दा बढी दिएर आफ्नो सहनशक्ति भन्दा बढी त्याग स्वीकार गरेर संज्ञाहीन जस्तो भइ रहेका छन । घर र समाज दुबै ठाउँमा उनीहरूको अवस्था करूण हुने गर्दछ  । न त उनीहरूले माइतीघरबाट स्नेह र अधिकार पाउथे  न त ससुरालमा नै । नारी गुणहीन या सर्वगुण सम्पन्न हुनु दुबै स्थितिहरूमा पुरूषलाई स्वीकार्य छैन । यदि उ अति आकर्षक छ भने पुरूष उसलाई रंगीन खिलौना सम्झन्छ र यदि उ कुरूप छ भने उपेक्षिको  बस्तु हुन्छे  जुन मेरो नजरमा  दुबै स्थितिहरू अपमान जनक छन ।

सबैलाई  ध्यान आकर्षण  गराउन चाहन्छु ,
विश्व भरका नारी लगायत नेपाली नारीहरूले जुन दिन आफ्नो सम्पूर्ण प्राण -आवेगबाट जाग्नेछन त्यस दिन उनीहरूको गति रोक्न कसैको निम्ति संभव हुने छैन ।उनीहरूको अधिकारहरू सम्बन्धमा सत्य के छ भने अधिकारहरू भिक्षाबृतिबाट पाउने हैनन किन कि  उनीहरूको स्थिति आदान - प्रदान योग्य बस्तुहरूको भन्दा भिन्दै प्रकारको छ  । समाजमा व्यक्तिको सहयोग र विकासमा उनीहरूको सहयोगले नै उनीहरूको अधिकार निश्चित गरिरहेको हुन्छ  तर अधिकारको इच्छुकले अघिकारी पनि हुन सक्नुपर्छ । सामान्यतः: नेपाली नारीमा यस प्रकारको अभाव धेरै नै देख्छु  । कतै उनीहरूमाथि साधारण दयनीयता छ त कतै असाधारण विद्रोह । सन्तुलनबाट उनीहरूको जीवन परिचित छैन आज सम्मपनि ।
  
विधुवाले मन्दिरभित्र पस्न,पुजा अर्चना गर्न नपाउने नीति कसले बनायो ? विधुवाले मन्दिरमा पस्दा वा पुजा गर्न नपाउने  बताउदै आन्दोलनकारीले राष्ष्ट्रपति भण्डारीले पूजाअर्चना गर्दा मन्दिर अशुद्ध भएको प्रचार सहित चोख्याउने नाममा गंगाजल छर्किएर उनको अपमान मात्र हैन हरेक एक सन्तानको विधुवा आमाको अपमान गरिएको म आक्रोशित छु चाहे त्यो स्वार्थ ,कुनियतले गरिएको राजनीति नै किन नहोस् जसले यस्तो नारीप्रतिको अपमान गर्ने चेष्टा गर्यो उसले  आफ्नै आमा माथि प्रश्न चिन्ह लगाएको हो भन्ने मेरो अनुभूति हो  ।
मोर्चाका कार्यकर्ताले राष्ट्रपतिमाथि जानकी मन्दिरलाई अपवित्र बनाएको भन्दै गरेको अपमान निन्दनीय छ ।संवैधानिक राष्ट्रपतिको सम्मान गर्नु सबैको दायित्व हो ।

पूजा आजाक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको अपमान जनक ढुँगा मुढा र पेट्रोल बम प्रहारको घटनामा आन्दोलनरत मधेसी मोर्चाले माफी मान्नु पर्छ पुन: दोहोर्याउन चाहन्छु ।

जानकी मन्दिरमा राष्ट्रपतिलाई मधेसी मोर्चाले अपमान जनक व्यवहार गरी संसार भरका नारीमाथि अपमान गरेकाछन । मोर्चाबाट भएको व्यवहार सामन्ती र अन्धविश्वासी संस्कार हो । 

राषट्रपति जस्तो व्यक्तित्व विवाह महोत्सवमा पुग्दा विधवा भन्ने ? यो एउटा महिलाको मात्र हैन, संसारभरिको महिलाको अपमान हो , के पुरूष विदुर हुदैनन ? के उनीहरुका आमाहरु विधुवा छिन्न ? उनीहरुलाई पनि मन्दिर जान पुजा गर्न ति सामन्ती सन्तानले रोक लगाएकै हुन  त ? यो सती सामन्ती प्रथा हो ? आखिर राजनीतिको नाममा मधेसी मोर्चाले आफुलाई के प्रमाणित गर्दै छन् त? नेपाली दिदीबैनी आमाहरुले दिई रहेका सद्भाव अब मोर्चाहरु त्यही रुपमा पाउछन त? देश टुक्याउन  खोज्ने देश द्रोही हो खबरदार !

राम - जानकी विवाह - उत्सवमा जनकपुरस्थित जानकी मन्दिरमा आयोजित समारोहमा उपस्थित हुँदा मधेसी मोर्चाका कार्यकर्ताले ' भण्डारीको विधवापन र नारीत्वलाई उछालेको  तथा उनीमाथि अमर्यादित दुर्व्यवहार गरेको मुद्दाले हिजोआज राजनीतिक बजार र जनमानस निकै तताएको छ । यही मुद्दामा बहस पैरवी तथा गालीगलौजका क्रममा नेपाली समाज थप विभाजित बनेको छ भने मधेस आन्दोलनको राजनीतिक निकास टाँढिएको छ । सरकारले त आकस्मिक बैठकबाट राष्ट्रपतिमाथि लगाइएको लान्चनालाई गणतन्त्रमाथि  प्रहारका रूपमा लिई दोषीमाथि कानुनी कारवाहीसमेत गर्ने निर्णय गरिसकेको छ । सत्तारूढ़ गठबन्धनको अगुवाईमा गरिरहेको एमालेले पनि ' जनता सामु माफ़िया माग्न कथित मोर्चालाई ध्यानाकर्षण गरिएको छ । मोर्चाका कार्यकर्ताका यस्ता क्रियाकलाप " हिन्दु तालिबानी वा मुस्लिम आईएसअाईएस "संग मेलखान्छ कि खाँदैन हामी तमाम नेपाली हिन्दुहरूलो घोत्लनुपर्ने भएको छ ।

सार्वजनिक पदधारण गरेको कुनै पनि व्यक्ति निजी जीवनमा विधवा विधुर हुनसक्छ तर उसको विधवापनलाई वा विधुरपन न हल्का  व्यंग्य - ठट्टाको विषय हुन सक्छ न त गम्भीर राजनीतिक प्रहार गरिने मुद्दा नै । राष्ट्रपति विद्यादेवी भण्डारी वा अन्य कसैको विधवा - जीवन र नारीत्व पनि कुनै आन्दोलनले प्रहार गर्ने तारो हुनसक्दैन हुनुहुदैन पनि । 

तर कसैले मूलत - जीवन र नारीत्वलाई नै राजनीतिक सत्ता - शक्तिमा जाने भरेंग र विपक्षीलाई प्रहार गर्ने अस्त्र बनायो भने त्यसबारे वाद - विवाद - प्रतिवाद हुनु अनौठो हुदैन । राष्ट्रपति भण्डारीले मदन भण्डारीको रहस्यमय मृत्युपछि एमालेका नेतृका रूपमा दोस्रो " इनिंग "को राजनीतिक कर्म गर्ने क्रममा सेतो सारी लगाएरै चुनाव लड्दा त्यस्तै वाद - विवाद - प्रतिवाद भएको थियो । तर अहिलेको बहस भने सेतो सारी भन्दा परको देखिन्छ 

निशा  अर्याल 
इस्रैल
 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com