७ बर्ष अघि कुबेत कुगेकी नेपाली चेली मानासिक सन्तुलन गुमाई डेड बर्ष देखि अस्पतालमा छिन्

कुवेत मङ्सिर १७,

प्रदिप नेपाली : भारतीय बाटो हुदै करीब ७ बर्ष पहिले कुवेत आएकी नेपाली महिला डेढ बर्षदेखि मानसिक सन्तुलन गुमाई अचेत अवस्थामा कुवेतको अल सभा अस्पतालमा उपचार गराईरहेकी छिन ।


बंगाली नागरिकसग रहदै आएकी अनीशा बिक नाम गरेकी नेपाली महिला करिब डेढ बर्ष पहिले बंगाली नागरिकले मानसिक तथा शारीरिक यातना दिन थालेपछि बिष सेवन गरेकी खुलेको छ । बिष सेवन गरेकी उनलाई अचेत अवस्थामा अस्पतालमा भर्ना गरिएको भएपनी अस्पतालमा उनका आफन्त कोही नगएकाले पहिचान नखुलेको पाइएको हो ।

अन्दाजी २३/२४ बर्षकी युबतीको पासपोर्ट नम्बर चेक गर्दा नाम र उनको स्पोन्सर साउदी नागरिक भएको पत्ता लागेको एनआरएनए कुवेतका उपाध्यक्ष झबिन्द्र बन्जाड़े (रवी बन्जाड़े) ले जानकारी दिएका छन । स्पोन्सर कुवेतमा भाडामा बस्ने भएकाले स्पोन्सर मुलुक फर्किएको हुनाले थप समस्या भएको छ उनि कुन जिल्ला र गाबिसकी हून पत्ता लागेको छैन मानसिक सन्तुलन गुमेकाले स्पष्ट रुपमा आफ्नो बिबरण बताउन सक्दिनन ।

दाबी गर्ने ब्यक्ति आए नेपाल फर्काउने वातावरण मिलाउने नेपाली दुताबास कुवेतले आश्वसन दिएको छ कोही आफ्ना-आफन्त भए वा उनलाई चिन्नुहुने जो कोहीले छिटो भन्दा छिटो सम्पर्क गर्न पनी बन्जाड़ेले भनेका छन । अहिले ऊनि न त आफ्नो जन्म स्थान बताऊन सक्छिन न त कोही चिनजानको मान्छेको नाम लिन सक्छिन ऊनि आफ्नो घर कहिले सिन्धुपाल्चोक भन्छिन त कहिले पाल्चोक भन्छिन । ऊनि केही बर्षदेखि इलीगल भई बसेकी थिइन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com