राष्ट्रपतिमाथि भएको दुर्व्यवहारविरुद्ध राजधानीमा विशाल प्रदर्शन

 
फाइल तस्वीर
फाइल तस्वीर
काठमाडौं, ११ पुस ,

राष्ट्रपति विद्या भण्डारीमाथि भएको दुर्व्यवहारको विरोधमा संयुक्त विद्यार्थी महिलाहरुले आन्दोलन सुरु गरेका छन् ।
यसैक्रममा शनिबार दिउँसो विरोध जुलुस निकाल्दैछन् । दिउँसो दुई बजेदेखि प्रदर्शनीमार्गमा रहेको रत्न राज्यलक्ष्मी क्याम्पसबाट सुरु हुने जुलुस रत्नपार्क शान्तिवाटिका पुगेर कोणसभामा परिणत हुने अनेरास्ववियुका महिला विभाग प्रमुख कमला बोहराले जानकारी दिइन् ।

उनका अनुसार अनेरास्ववियुले संयोजन गरेको विरोध कार्यक्रममा ‘जनकपुरमा राष्ट्रपतिमाथि भएको दुव्यवहारका दोषीलाई कारवाही गर । महिला हिंसा विरुद्धको संवैधानिक व्यवस्था कार्यान्वयन गर’ जस्ता नारा लगाइनेछ ।

अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी लगायत विद्यार्थीहरु संगठनहरु निकाल्ने जुलुसमा विद्यार्थी नेताहरु नविना लामा, कृष्णकुमारी, राजेश्वरी पाण्डे सहभागी भएर कोणसभालाई सम्बोधन गर्नेछन् ।

जुलसमा सयौं विद्यार्थी सहभागी हुने महिला विभाग प्रमुख बोहराले बताइन् । उनले भनिन्– दोषीलाई कारवाही गर्न माग गर्दै हामी आन्दोलनमा उत्रिएका हौं । _ दैनिक नेपालबाट;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com