मेरो भ्रमणशीलता र मुक्तिनाथ यात्रा

निबन्ध,
चकेन्द्र राई,

मलाई केही महीना पहिले मुक्तिनाथ जाने सौभाग्य मिलेको थियो । म घोष्ट राइटि¨ नेपालले आयोजना गरेको सिर्जनात्मक लेखन प्रशिक्षणको लागि मुक्तिनाथ गएको थिए“ । साथमा हुनुहुन्थ्यो हाम्रा सहजकर्ता तथा नेपाली साहित्यका मूर्धन्य साहित्यकार मोहन राज शर्मा, अनि आयोजकद्वय जयन्ता मेम र कमल सर । र हामी पाचौं ब्याजका सबै साथीहरु  ।

यात्रा केवल दृष्य अवलोकन र मनोरन्जनको लागि मात्र गरिदैन । यात्रा त मानवीय प्रवृत्ति र स्वभाव नै हो । यात्राबाट ज्ञान आर्जन,आनन्द प्राप्ति,अनुभव विस्तार,देश दर्शन र नवीन अन्वेषण आदिको लागि मान्छेले यात्रा गर्दछन् । त्यसैले मान्छे युगौंदेखि भ्रमणशील छ । मानिसको भ्रमणेच्छा सदाकालीन र अनन्तकालसम्म रहि रहने छ । हुन पनि यात्राले जीवनलाई प्रकृतिका अनेक रुप र र¨हरुस“ग परिचित पनि गराउ“छ । एउटा सर्जकलाई त झनै साहित्यका अनेकानेक विम्व र प्रतिविम्वहरु प्रदान गर्छ । त्यसैले त सिपालु सर्जकहरुले सिर्जनाका अमूल्य मोतीहरु यात्राहरुमा नै टिप्ने गर्छन् । अझ भनौ न यात्राले जीवनलाई सप्तर¨ी फूल जस्तै सुगन्धित र आकर्षक बनाइ दिन्छ ।

मेरो लागि पनि यात्रा सिर्जनाको एक अचूक मुहान हो । म धेरै पहिलेदेखि सोच्थे“ र चाहन्थ“े एक दिन मुक्तिनाथको यात्रामा निस्केर एउटा गजवको सिर्जना गरु“ । जुन सिर्जनाप्रति सबैको नजर जाओस् । सबैको हृदयमा बास लिन सकोस् । अनि युगौंयुगसम्म पनि बाचोस् । यो मेरो मनको तमन्ना पूरा भएको क्षण जीवनको एक सार्थक पल थियो । ती स्वार्णिम पलहरु केवल मुटुभित्र मात्र सीमित रहेनन् । बरु यसरी छताछुल्ल पोखिन थाले तिनै पोखिएका शब्दहरु बटुलेर शब्दमालामा गा“स्न थाल“े । त्यसैको नाम हो –‘मेरो भ्रमणशीलता र मुक्तिनाथयात्रा’.

म सानैछ“दा बाबाको मुखबाट सुनेको थिए“ । त्यो कुरा मेरो बाल मस्तिष्कमा अमिट छाप र अतृप्त चाख बनेर बसेको थियो । त्यसलाई अझ उत्प्रेरणा भने ह्वेन साङ्ग,कोलम्बस आदि बारे पढेपछि भएको थियो । तर मान्छेको चाहना हु“दैमा प्राप्ति कहा हुन्छ र ? संयोगले सिर्जनात्मक लेखनको सिलसिलामा त्यहा“ पुग्दा ‘भोकालाई खिर’ भने जस्तै भयो ।

नया“ बानेश्वारस्थित घोष्ट राईटिङ नामक एउटा संस्था  छ  । घोष्ट राइटिङ नेपालको एक मात्र त्यस्तो संस्था हो जुन संस्थाले कतै बाटैमा अलमलिएका साहित्य अनुरागीहरुलाई उचित मार्गदर्शन गराउदै साहित्यको विविध मीठामीठा परिकारहरु चखाउदो रहेछ । छरिएर रहेका नव प्रतिभाहरुलाई एकै ठाउ“मा जम्मा  गरेर नेपाली साहित्यको प्रखर र दिग्गजहरु स““ग जोड्ने काम पनि गर्दो रहेछ । म पनि साहित्यको प्यासी बनेर पाचौ“ ब्याजमा भर्ना हुन पुगे । घोष्ट राइटिङले साहित्यलाई सबल,सशक्त र जीवान्त बनाउन कहिले गोप्य कोठामा त कहिले यसरी नै यात्रा गराएर पनि सिर्जना गराउदो रहेछ ।

मलाई आवश्यक पर्ने बाटो खर्च अनि एकसरो कपडा साथमा बोकेर विमानस्थल पुग्दा कोही आउनु भएको थिएन । अघिल्लो दिनको सल्लाहा अनुसार साउन १५ गते बिहान सात बजे यएरपोट पुगेको थिए“ । काठमाडौं बाट पोखरासम्म हवाइमार्ग र त्यहा“ बाट जोमसोमसम्म जीपमा अनि पैदलयात्रा गर्ने सल्लाहा गरेकँ थियौं । 
साथीहरु क्रमश थपिदै जानु भयो । यतिकैमा कमल सरले आÏनो कारमा हाम्रा सहजकर्ता मोहन राज  शर्मा ज्यूलाई लिएर टुप्लुक्क आईपुग्नु भयो । कारको पछिल्लो ढोका खोल्दै न्यानो आत्मियता स“गै मीठो मुस्कान छर्दै जयन्ता मेम उभिदा अर्कै रौनहक छाएको थियो । अभिवादन पछि सबैको सामुमा गएर सोध्नु भयो–अघि नै आउनु भयो ? सबै आएको जानकारी पाए पछि हामी काउन्टर तिर लाग्यौ“ । नभन्दै हाम्रो Ïलाइट पनि भने कै समयमा भयो । हामी जम्मा २७ जना थियौं । लेखनको लागि यसरी हि“डेको हामी नै पहिलो हुन सक्छौ । ‘हामीले साहित्यमा पनि नमुना देखाउन सक्नु पर्छ’ भन्ने इच्छा कमल सरले जाहेर गर्नु भयो । हामी पनि सहमत भयौ“ ।

टुसुक्क मात्र बसेको जस्तो लागेको थियो यएर होस्टेजले पोखरा अँएको जनकारी गरँईन् । लगभग २५ मिनेटमा हामी पोखरा अवतरण भयौं । हामीलाई आउट हुन पनि समय लागेन । २ वटा जीपहरु रिर्जव गरेर हामी मुक्तिनाथ तिर लाग्यांै । जयन्ता मेम, कमल सर र मोहन सर बसेकै जीपमा परे । म उहा“हरुको कुराकानी सुनि रहेको थिए“ । यतिकैमा मोहन सरले भन्नु भयो–कमल जी † ‘म नेपालको र दुनिया“को धेरै ठाउ“ घुमीसकेको छु । तर  मुक्तिनाथ जान सकेको थिइन“ । आज तपाई“हरुको साथमा मेरँे चाहाना पुरा भयो ।’ 
हामी जीपबाट बेनी, घासा, मार्फा,तातोपानी, हुदै जोमसोमको प्राकृतिक छटाहरु स“ग मितेर लगाउन पुग्यौं । जोमसोम देखि भने पैदाल यात्रा नै गर्नु पर्ने थियो । लगभग ४ घण्टा जतिको यात्रा त्यति सहज भने थिएन । तर मोहन सरको उत्साहले मलार्इृ मात्र होइन काठमाडौं छाडेर नगएकाहरुलार्ई पनि थप उर्जा दिई रहेको थियो । जोमसोम देखि जव उक्लन थाल्यौ जाडो पनि बड्दै गयो । सबैले आ–आÏनो झोला बाट सुइटर र ज्याकेट निकालेर लगाउन थाल्नु भयो । म स“ग भएको गलबन्दी निकालेर टाउको र कान छोपी बेस्सरी कस“े । 

साउनको महीना कहिले आकाशले पानी झार्न खोज्छ । कहिले कुहिरो आएर गुर्लुम्म घुम्टो ओडाई दिन्छ । त्यही“ कुहिरोले बोकेको पानी नै होला सबैको परेलीमा स–साना पानीको थोपा भएर जम्मा भएको देख्न सकिन्थ्यो । आकाश खुलेको बेला टाढाटाढा सम्म पहाडको ना¨ो सुन्दरता पनि देख्न सकिन्थ्यो । अनि आकाश लोभीएर ओर्लन लागेको भान हुन्थ्यो । निकै लामो मौनता पछि मोहन सरले भन्नु भयो –यो मौसम जस्तै विविधताको सममिश्रण नै हो जीवन ।

यात्रा जतिनै कष्टकर भएपनि उत्साहाले पौ“ठाजोरीमा हार खुवाएकै हुन्थ्यो । सा“च्चिनै त्यो पल मलाई एक उत्सव जस्तै लागि रहेको थियो । बाटोको वरिपरि उभिएका विविन्न वृक्षहरुले हामीलाई नै स्वागत गरि रहेको आभास हुन्थ्यो । विशाल पहाडहरुलाई चिर्दै उम्रेको जरुवाहरु झरना बनेर एक नासले बग्दै कसैले गाउन नसकेको लोक भाकाहरु गाइ रहेको भान हुन्थ्यो । साथीहरु त्यही“ सुन्दर दृष्यहरु आÏनो क्यामेरा र मोवाइलमा कैद गर्न ब्यस्त हुनुहुन्थ्यो । मैले पनि मन भित्रको क्यामेराले फोटो खिच्दै दिमागको संग्रहलयमा संग्रह गरे“ । फोटो पत्रकार बिनोद भाइ फोटो खिच्नुले बोल्न सम्म फुर्सद थिएन । हामी यसरी नै बादल,पानी,पहाड र बाटोहरु स“ग लुकामारी खेल्दा खेल्दै मुक्तिनाथ पुग्यौ“ । 

धवलागिरि अंचलको मुस्ता¨ जिल्लामा पर्ने मुक्तिथान हिन्दू र बौद्ध धर्मलम्बिहरुको साझा आस्थाको केन्द्रबिन्दु रहेछ । ३८०० मिटर उचाइम्ँँ अवस्थित संसारका ५१ शत्तिपीठ मध्य एक मुक्तिनाथ पनि पर्दो रहेछ । त्यहा“ १०८ वटा धारहरुमा कलकल बगिरहेको देख्दा मैले काठमाडौंमा पानी नपाएर छटपटाइ रहेको २२ धारा र सुनधारालाई पनि सम्झिए“ । धाराहरु नै त्यति प्यासी बन्ने काठमाडौंमा मान्छेहरुको अवस्था सजिलै अनुमान लगाउन सकिन्छ । बेलुकी हुदै गए पछि त्यो दिनको हाम्रो सारा कार्यक्रम त्यहि“ स्थगन गरियो ।

अलि तल शेर्पेनी दिदीको होटल रहेछ । हामी त्यही“ होटलमा बास बस्ने भयौ“ । जयन्ता मेम नै हो हाम्रो गाइड,उहा“ले पहिले नै शेर्पेनी दिदीलाई कानेखुसी गर्नु भएछ – ‘हामी काठमाडौं बाट आएको हौं.........हामी यस्तो हौं भनेर............ ।’ त्यसैले हाम्रो सत्कार पनि राम्रै भयो । हरेकलाई हसिलो अनुहार र मन्द मुस्कान सहित भन्थिन् ‘टासिदेले’ । ‘टासिदेले’ शेर्पा भाषामा नमस्कार भनेको रहेछ ।

खाना मीठो पकाउदी रहेछीन् । सागको तरकारी, कालो दाल, टमटरको अचार अनि तात्तातो घ्यू.......... नेपाली खाना पराठा र नान भन्दा कम्ती कहा“ छ र ? मैले त दुई थाल नै खाए“ । अनि कसैलाई नभनि २ गिलास आराखा पनि टुच्च लगाई दिए“ । बल्ल जाडोमा ज्यानलाई गरम पनि मिल्यो । थकाइमा आराम पनि मिल्यो । सबै गलेका थियांै अलमल नगरी सबै निदायौ“ ।

भोलिपल्ट म ब्यू“उझदा सबै जना उठी सक्नु भएको रहेछ । म पनि हतार हतार नुहाए“ । जयन्ता मेमले भन्नु भएको थियो–गंगाको पानीले नुहाउन पाप पखालिन्छ भन्ने जनविश्वास जस्तै मक्तिनाथमा नुहाउदा पनि पाप पखालिन्छ भन्ने विश्वास रहेको कुरा । सबै जना नुहाइ सके पछि फेरि हामी मक्तिनाथको अझ धेरै जानकारी लिने कोसिसमा लाग्या“ै ।

सामुन्ने लक्ष्मीकुण्ड रहेछ । अनि अर्को आकर्षणको पक्ष भनेको छेउमा रहेको ज्वालमुखीमाही रहेछ । आगो र पानी दुस्मन मानिए पनि पानी बाटै आगोको ज्वाला निस्किरहेको सत्य दृष्यले दुनिया“लाई नै चकित बनाइ दिन्छ । त्यही“ बाट देखिने अन्नपूर्णा हिमाल युगौ“देखी त्यसरी नै मुस्कुराई रहेको छ । विहानी सूर्यको किरण अन्नपूर्णामा खस्दा देखिने दृष्य आहा कति सुन्दर † सा“च्चि नै अलौकिक...... † त्यसैले त मुक्तिनाथलाई भुस्वर्ग (सांग्रीला) को रुपमा चर्चा गरिएको रहेछ । मेरो बसमा हुदो हो त चोरेर पनि साथैमा ल्याउने थिए“ । यिनै प्राकृतिक विविधतालाई निहाली सके पछि जयन्ता मेमले प्रश्न गर्नु भयो–मुक्तिनाथ विश्वको आठौं आश्चर्य किन नमान्ने ? मोहन सर एक छिन घोत्लिएर भन्नु भयो–‘यो जिम्मा तपाई“हरुकै हो । यसको बारेमा अझ सशक्त र ब्यापक कलम चलाउनु होस् भोलि विश्वको सातौ आश्चर्य भित्रै पर्ने छ ।’

छेउमा अत्यान्तै कलात्मक तरिकाले कुदिएको सानो मत्र्ति पनि रहेछ । त्यो मूत्र्तिमा शायदै कसैको नजर परेको थियो । मोहन सरले त्यही“ मूत्र्तिलाई देखाउदै भन्नु भयो –मूत्र्ति त सबैले देख्छन् । तर हामी मूर्ति भित्रको मूत्र्ति नियाल्ने कोशिस गरौं । त्यति बेला मैले सोचे– त्यसैले त भन्दो रहेछन् ‘जहा“ रबि पुग्दैनन त्यहा“ कबि पुग्छन् भनेर ।’ 

आज त हामे काठमाडौं फिर्ने दिन हो । जामसोम बाट जिपमा पोखरा तर्फ लाग्यौं । मोहन सर, जयन्ता मेम र कमल सरले मीठो सिर्जना गर्ने सल्लाहा र शुभकामना दिनु भयो हामीले कोसिस गर्ने बचन दियौं । 
मित्रहरुले आफन्तकोे लागि प्रसाद र कोसेलीहरु लिएर आउनु भयो । तर मैले हृदयको क्यामेरा खिचेको तस्बीरहरु ल्याए“ । अनि  मस्तिकले लेखेको सरस अक्षरहरु ल्याए“,जो सबैको लागि हुनेछ,सधै“कोे लागि हुनेछ ।

मुक्तिनाथ र मुस्ताङ पर्यायवाची शब्द रहेछ । काठमाडौंमा पाइने जार र मिनिरल वाटर भन्दा पनि शुद्ध र पवित्र छन् त्यहा“का जरुवा पानीहरु । त्यहा“का मानिसहरुको सद्धभाव र आत्मियता देख्दा अर्कै दुनिया“मा आइ पुगे जस्तो पनि लाग्यो । मान्छे पनि राम्रा स्याउका जस्ता राता राता गला । स्याउको मात्र वर्णन सुनेको थिए“ । तर मान्छेहरु नै स्याउ जस्तै हसिला र रसिला लाग्यो ।

अनि त्यहा“ कहिल्यै बन्द नहुने रहेछ । कहिल्यै आपसमा झगडा पनि नहुदो रहेछ । मुक्तिनाथ धार्मिक हिसावले मात्र होइन,प्राकृतिक विविधताले पनि उत्तिकै चर्चित रहेछ । मैले सबैलाई ल्याएको सन्देश अथवा कोसेली पनि यहि हो । नेपाललाई नया“ नेपाल बनाउने हो भने ढीला नगरी काठमाडौंले पटक अवश्य मुक्तिनाथको यात्रा गरोस् । जहा“ मुक्तिनाथको दर्शन स“गै जीवन र जगतको दर्शन पनि पाइने छ । 
अन्त्यमा भन्न चाहान्छु जय होस् मुक्तिनाथ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com