सुमन 'मिस नेपालगन्ज २०१५'

शनिबार पुस ११,

कोहलपुर- ३० प्रतिस्पर्धीलाई उछिन्दै धम्बोजीकी २२ वर्षीया सुमन थापाले 'मिस नेपालगन्ज २०१५' को उपाधि जितेकी छिन्। एक्स जेनेरेसनले शुक्रबार नेपालगन्जमा आयोजना गरेको प्रतियोगितामा विजयी थापालाई सन् २०१२ की विजेता शिला बास्तोलाले ताज पहिर्याशन्।

थापाले लायन्स क्लबको ब्रान्ड एम्बेसडर हुनुका साथै विभिन्न पुरस्कार हात पारिन्। उनी 'मिस पपुलर' विधामा पनि उत्कृष्ट घोषित भइन्। प्रतियोगिताको फस्ट रनरअप रेसिका घिमिरे र सेकेन्ड रनरअप अर्पणा शाह भइन्। प्रतियोगिता दुई वर्षयता सञ्चालन हुन सकेको थिएन्। प्रतियोगिताको अन्तिम स्पर्धाका लागि ११ जना छानिएका थिए।

फस्ट रनरअप रेसिकाले 'स्माइल' विधामा उत्कृष्ट घोषित भइन्। यस्तै सन्तोषी गिरी मिस ब्युटिफुल, अमृता तामाङ मिस फोटोजेनिक, काजोल आले मिस बेस्ट क्याटवाक, आकृति सिंह मिस बेस्ट र अनुशासन विधामा उत्कृष्ट घोषित भए। मिस नेपालगन्ज थापा, फस्ट रनरअप घिमिरे र सेकेन्ड रनरअप शाहले नेपालगन्जको कलसेन्टरमा रोजगारी, आधा दर्जन गिफ्ट ह्याम्पर, काइमेक्स घडी, मोबाइल फोन, नेपालगन्ज क्याम्पसमा पढ्न ३० प्रतिशत छुट, लुम्बिनी नेटमा ६ महिना निःशुल्क प्रयोग र सुपरभिजन टेलिभिजन छ महिना निःशुल्क प्रयोग गर्न पाउने आयोजक एक्स जेनेरेसनका निर्देशक संयोगजंग शाहले बताए।

प्रतियोगितामा १६ वर्षदेखि २५ वर्ष उमेर समूहका युवतीले सहभागिता जनाएका थिए। यसअघि २०११ मा भएको पहिलो संस्करणमा नेपालगन्जकी श्रेया बस्नेत र २०१२ मा कोहलपुरकी शिला बास्तोला मिस नेपालगन्ज घोषित भएका थिए।  _ स्रोत-नागरिक;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com