प्रधानमन्त्रीलाइ 'खुला पत्र '

सम्माननीय प्रधानमन्त्री "ओली" ज्यू 
नमस्कार  !
म इजरायलबाट यो चिठ्ठी लेखदै छु । तपाईं प्रधानमन्त्री भएपछि जनताले भागबण्डाको शासकीय मूल्य - मान्यताको चेगुलबाट देशलाई क्षमता,पारदर्शिता र  कार्य कुशलताको मूल्य र मान्यताबाट शासन सन्चालनको आशा गरेका थिए र हामी बाध्यताले परदेसिएका नेपालीले पनि । यस परिवेशमा तपाईंले आफ्नो शासन शैली र प्राथमिकता वारे पुनरावलोकन गर्नु जरूरी थियो तर तपाईंले महाभूकम्प , नाकाबन्दीको मधेस आन्दोलनका कारण रृणात्मक हुन पुगेको मुलुकको अर्थतन्त्रमा बर्सेनि ६ अर्ब रूपैयाँभन्दा बंढीको व्ययभार थप्दै  मन्त्रालयहरू थप्न लाग्नुको  कारण  के हो ? देशमा  अर्थतन्त्रको कमजोरी देखाएर अन्तराष्ट्रिय राष्ट्रहरु संग  सधै  भिखारी झैँ हात फैलाउनु  हुन्छ  अनुदान माग्दै र देश गरिवी मुलुक  भनेर  चिनिन्छ भने यो  अबस्थामा  तपाईंले मन्त्रालय र मन्त्रीको संख्या धटाउनु पर्नेमा संविधानको मर्मविपरित मन्त्रालयको संख्या थप्नु भएको किन ? 

चिसोले कठ्याँग्रिएर  मर्न थालेका भूकम्प पीडितलाई ओत् लाग्ने घर बनाउन होइन कि जाडोमा ओढ्ने न्यानो कम्बल समेत दिन नसकेको सरकारले दुई दिनमा ६ अर्को दायित्व थप्ने  कारण के हो ?
प्रधानमन्त्री ओली ज्यू !

तपाईंको सरकारबाट ग़रिबी र बीपन्न  बर्ग लक्षित सेवाको उपल्ब्धिको उपेक्षा राखेका थिए तर आज  क़ानूनी शासनमा  जनताको आस्था र विश्वास धट्दै गएको किन ? गम्भिर  भएर सोच्नु भएको छ ? जनताप्रति उत्तरदायित्वों भावना शासकहरूमा कम हुदै जानुको कारण के होला ? बजार व्यवस्थालाई जनताको पक्षमा प्रयोग गर्ने संस्कार र क्षमता धट्दै गएको देखिन्छ नि किन?  प्रजातन्त्रको नाममा नव सामन्त वादी भागबण्डा मनोबृति र आस्थाले जरो गाड्दै जानाले भ्रष्ट्राचार बढ्दै प्रजातन्त्र नभएर लुटतन्त्र देशको विशेषता बन्न थालेको भान हुन्छ  हामीलाई  परदेशमा  त्यस कुरामा कत्तिको  ख्याल  गर्नु  भएको  छ ? हेर्नुहोस् यो प्रबृतिको एउटा उदाहरणका रूपमा भूकम्पपीडितहरूप्रति सत्तापक्षबाट र प्रतिपक्षले देखाएको रवैया अझ स्पष्ट हुन थालेका देख्दैछौ हामी |

प्रधानमन्त्रीज्यू !
गत बैशाखमा गएको विनाशकारी भूकम्पमा मूलत: ग्रामीण क्षेत्रमा ५ लाखभन्दा  बढी घर पुरै भत्किएका थिए भने दुई लाख पचास हजार घर आंशिक रूपमा भत्किएका थिए । यसको अर्थ भूकम्पबाट  विनाश भएको सात लाखभन्दा बढी घर देशमा बनाउनु पर्नेछ ।त्यस्तै अठ्टाइस हजार भन्दा बढी मठ - मन्दिर  र सांस्कृतिक  सम्पदा पुनर्निर्माण  गर्न जरुरी छ । ।यसका अलावा राष्ट्रको अन्य भौतिक आधारशिलाको पनि ठूलो नोक्शानी भएको छ । भूकम्पको  कारण मात्रै सातलाख भन्दा बढी मानिसहरू ग़रिबीको रेखामुनि थपपिएको अनुमान छ । यो भयावह संकट सामना गर्न विदेशी राष्ट्रहरू खूला दिलले अग्रसर भएर आएका थिए र अझै  आउने क्रम छदै छ 
तर यो संकटसंग जुझ्ने र रकमको सदुपयोग गरी जनताप्रति आफ्नो उत्तरदायित्व निर्वाह गर्ने काम सरकारी तहबाट अझसम्म किन हुन सकिरहेको छैन  ? 

भूकम्प गएको झण्डै नौ महिना भइसक्यो । यो समयमा देशका दुई ठूला दलहरूले शासन गरे तर आश्चर्यको कुरो के छ भने दाताले पैसा उपलब्ध गराउन तयार रहेको मात्र नभई जनताका लागि काम नगर्ने हो भने पैसा फिर्ता लैजाने आशयका गुनासा गर्दापनि नेपालको राजनीति र प्रशासन जनताको लागि काम गर्न अझै तयार मनस्थितिमा देखिदैन नि ? 

प्रधानमन्त्रीज्यू !
यी कारूणिक व्यथा सुन्नुहोस !
पिठ्यूँमा बोकेकी दुई बर्षकी छोरीको रूँदा रूँदा घाटी  सुकेको छ । पाँच बर्षे छोरीको खोकी रोकिएको छैन । छोरा छोरी च्यापेर हिडेको महिना नाध्यो । तर उनीहरूलाई ज्वरोले झन झन निचोर्दै ,गल्दै गएको छ । औषधिले निको नभएपछि पल्लो धामीलाई फूकफाक गराएतापनि काम लागेन ।' कमला विकले  आफुलाई सम्हाल्न नसकेर  भनिन अब त मरे पनि के गर्नु। यो कस्तो दुर्भाग्य हो नेपाली हुनुमा ? गोर्खा , नुवाकोट , रसुवा, काभ्रे धादिंग , सिन्धुपालचोक , को यस्तै कथा र व्यथा भएको सुन्छु । भूकम्पले घरवारविहीन भएका पीडितका लागि चिसो यतिबेला " काल " बनेर आएको छ । अत्यधिक चिसोका कारण सिन्धुपालचोक लगायतका जिल्लामा मृत्यू हुनुको संख्या ६ भन्दा बढी पुगेको छ । सयौं  बिरामी परेकाछन । पीडितहरू स्वास्थ्य संस्थामा पुगेपनि भारतको नाकाबन्दीका कारण औषधि न पाउँदा रितै फर्कनु परेको ब्यथामा उनीहरुको कसले  सुन्ने  अब ? 

धेरैमा श्वास प्र्वाशको समस्या  देखिन् थालेको छ । चिसोका कारण टहरामै  बस्ने बाल बालिका  र महिला बृद्धबृद्धा  बढी प्रभावित  भएका छन । स्वास्थ्य चौकी र स्थानीय मेडिकलदेखि निजी  र सरकारी अस्पतालमा रूधाखोकी  ,दम ,टाउको दुख्ने र फोक्सोको समस्या भएका विरामीको चाप  बढ्न थालेको छ ।
प्रधानमन्त्रीज्यू !

यति खेर तपाईंको बोली र काम गराईको चर्चा निक्कै छ । सोमवार इटहरीमा तपाईंले मोरंग र , सुनसरी र झापा १ न० क्षेत्रबाट हट्नै नसक्ने , स्वाधीनता र स्वतन्त्रता विरूद्ध कसैसंग कहिल्यै  सम्झौता न गर्ने जस्ता कुरा गर्नुभयो तर तपाईंको मन्त्रीपरिषदबाट भएका निर्णय परराष्ट्रमन्त्री मार्फत भारतलाई जानकारी गराइन्छ  भन्ने कुरा चर्चा सुनिन्छ नि ? नेपाल त सार्वभौमसत्ता राष्ट्र तर किन  भारतले सीधा यसो गर  उसो गर भनेर आदेश दिन्छ ?/ भारतले भने अनुसार गर्दै जानु दास मानसिकता जस्तो  लाग्दैन तपाईलाई ? बरु दास बनेर गुलामी गर्नु उनीहरुको आदेश स्वीकार गर्नु भन्दा आफ्नो  कायरतापूर्ण शासन  छोड्नु नै बेश हुन्छ कि ?

मधेसको १ सय १६ सिटमध्ये केवल ११ सिट जित्ने  सानो जमातको  आन्दोलन विरूद्ध तपाईंको सरकार  किन कमजोर र निरीह देखिएको हो ?  राजमार्ग बन्द गर्ने नाकाबन्दी गर्ने विरूद्ध शक्तिका साथ किन प्रस्तुत  हुन न सकेको हो ? अनि भारतसंग पनि कुरा न मिल्ने  र चीनबाट पनि  इन्धन,ग्यास,पेट्रोल अन्य  बस्तु  ल्याउन  समझौता र हत्यारों नगर्ने कामको ढिलाई  किन भैएको छ ? जनता प्रति साच्चै जिम्मेवार सम्झिनु हुन्छ भने तपाईंको सरकारले  जवाफ दिनु पर्यो । मात्र  पत्रपत्रिकामा मुक्तकको टुक्का  बनेर आफ्नो परिचयलाई  हास्यापद नबनाउनुस चीनसंग सम्झौता गरि  इन्धन,पेट्रोल,ग्यास  ल्याउन जति ढिलाई गर्नु हुन्छ  उति नै तपाईंको सरकारप्रति जनताको विश्वास गिरिरहेको देख्छु परदेशमा  बसेरपनि मेरो मुर्ख दृष्ट्रिकोणले के  तपाइलाई त्यस्तो  लाग्दैन ? देश शक्तिशाली बनाउन  र एउटा संग मात्र  निहित नभई अन्य मित्र राष्ट्र हरुसंग पनि  व्यपार व्यवसाय  गर्न पहल  गर्नुहोस्  हैन भने कोइराला वा  भन्दा पनि बढी टुक्काको  पहेली बनेर रहने कुरामा दुइमत  छैन  | म एउटा  नेपाली हुनुको गर्व  र आफ्नो मातृभूमिको,धर्म ,संस्कारलाई  शिर ठाडो पारी जिम्मेवारी ,भूमिका निभाउने कुरामा हरपल  तयार  रहेको हुँदा सचेत नागरिकको हैसियतले यो पत्र लेख्न जरुरी सम्झिए | 

निशा अर्याल
इस्रैल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com