जनकपूरको घटना आस्था र संस्कृतिमाथिको प्रहारः नेम्बाङ

लेखनाथ खतिवडा पाँचथर, पुस ५,

संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङले रामजानकी विवाह महोत्सवको क्रममा गत बुधवार जनकपूरमा भएको घटना दुर्भाग्यपूर्ण भएको भन्दै त्ससले आम नेपालीहरूको आस्था र संस्कृतिमाथिको नांगो प्रहार भएको बताएका छन्।

नेपाल सरकार संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले देशैभरी आयोजना गरेकेा ‘नेपालको संविधान - जनताको संविधान, जनताको संविधान जनताकै माझमा” अभियान अन्तर्गत पाँचथरको सदरमुकाममा आइतवार आयोजीत कार्यक्रममा सम्वोधन गर्ने शिलशिलामा आइपुगेका एमालेका नेता समेत रहेका नेम्वाङले नेकपा एमालेले आयोजना गरेकेा भेटघाट कार्यक्रममा पत्रकारहरुको जिज्ञासामा जनपुरमा भएको घटनालाइ जति भत्सना गरेपनि अपुग हुने भन्दै त्यो कार्य कानून वमोजीम दण्डनीय र अराजनीतिक भएको बताएका छन्।

संविधानले जायज माग र आन्दोलन गर्ने अधिकार दिएको भएपनि देश जनता र भावनामा चेाट पर्ने खालका आन्दोलनले मुलत आन्दोलनकारीलाइ समेत अहित र दुख भएको भन्दै संविधानका वारेमा गलत अफवाह फैलाउनेलाई यस अभियानले भ्रम मुक्त गर्ने भन्दै अत्याधिक बहुमतले पारीत गरकेा यो संविधान जनताकेा मधेसीको जनजातिको दलितको साथै सिंगो नेपालीको संविधान भएको दावि गरे। पूर्वी पहाडमा संचालित लिम्वुवानको आन्दोलनलाई लक्षित गर्दै नेम्वाङले नामाकरणको अधिकार संघीय प्रदेशलाई प्रदान गरकोले जनताको मन जितेर नामाकरण गर्ने अधिकार सवैलाई रहेकेा बताए।

९ जिल्ला मागेकोमा हामीले १४ जिल्लाको १ नम्वर प्रदेश बनाएका छौ भन्दै ५ जिल्ला किन भपिए भनेर आन्दोलन गर्नुको अर्थ नभएको भन्दै जारी संविधानलाई कार्यान्वयन गर्न अब सवैको ध्यान त्यसतर्फ जानुपर्ने वताए।
_स्रोत-सेतो पाटी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com