जुम्लाका तीन गाविसमा यौन तथा प्रजनन स्वास्थ्य शिविर

जुम्ला पुस ९,sexual health

ग्रामीण महिलाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै जुम्लाका तीन गाविसमा सञ्चालित मितेरी यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भयो ।

जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको समन्वय, सेफ एबर्सन एक्सन फण्डको सहयोग तथा एक्सन वक्र्स नेपालको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा शनिगाउँ गाविसका १७ जना र लाम्रा गाविसका ११ महिलामा आइयुसिडी र इम्प्लान्ट राख्नुका साथै काउन्सेलिङ गरिएको एक्सन वक्र्स नेपाल जुम्लाका तालिम तथा क्षमता विकास अधिकृत सुमन पाठकले जानकारी दिए ।

अधिकृत पाठकका अनुसार कुडारी गाविसमा सेवा लिन आएका महिलाको पाठेघरमा समस्या देखिएका तीनजनामा इम्प्लान्ट राखिएको र १५ महिलालाई काउन्सेलिङ गरिएको छ ।

शिविर सञ्चालन गरिएका तीनैवटा गाविसका महिलालाई मेडिकल तथा सेभ एबर्सन के हो रु आइयुसिडी कहाँ र कति वर्षका लागि राख्ने, इम्प्लान्ट कहिलेसम्म कहाँ राख्ने भन्ने विषयमा सरसल्लाह र जानकारी दिएको जनाएको छ ।

महिलाको डर मान्ने स्वभाव, चेतनाको अभाव, अशिक्षा र पुरुषहरु प्रदेश हुँदा श्रीमान्–श्रीमतीको सल्लाह नभएका कारण सोचेभन्दा निकै कम महिला सेवाग्राहीले उक्त शिविरबाट लाभ लिएको अधिकृत पाठकको भनाइ छ ।

पाठेघरको समस्या देखिएका महिलालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा सिफारिस गरिएको आयोजक संस्थाले जनाएको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com