कविता "मेरो देशमा एउटा मानिस खोजी रहेछु"


कविता "मेरो देशमा एउटा मानिस खोजी रहेछु"

ऐना अगाडी उभिन्छु
हेर्छु ऐनामा आफुलाई जब म,
आफ्नो प्रतिबिम्बको गहराइभित्र
कैयौं बिम्ब लुकेको देख्छु |
अनि,
 देश दुखेको देख्छु
आमा रोएको देख्छु
क्षतिग्रस्त एकलकाँटे धरहरा
चिन्ताग्रस्त मुन्द्रमा देख्छु ।
देशभक्तहरू,
निकै पीड़ित अनि दुखित देख्छु
यस्तै अनेकौ मनोदशाको भुमरीमा,
आफु परदेशमा गुज्रि रहेको छु |
न निन्द्रा छ आखाँमा,
न लाग्छ भोक नै,
सम्झेर मातृभूमिको अबस्था
छटपटाई रहन्छु सधै सधै दुख ,
पीडा र चिन्ताले ,
 सताएको छ मलाई
तर अबश्य
यस्तो मलाई मात्र होइन
यो देशका सम्पूर्ण जनतालाई
सायद उस्तै भएको छ ।
देश ,आमा र सम्पादाको ,
 दयनीय हाल देख्दा खेरि
निरन्तर हेरि रहन सक्दिन
ती प्रतिबिम्बभित्र
निर्मित अशान्तिका चित्रहरूलाई |
मन त्रसित हुन्छ
गहिरिएर हेर्दा आँखा राता -
 राता र फुस्रा देख्छु देशको भविष्य किन?
देशको चिन्ताको थुप्रो
हिमशिखर सरह अग्लिदै छ
हो मलाई यो सब हेर्न मन छैन
त्यसैले ,
 हतपत सुर्के झोला बोकी
यो स्वार्थी मान्छेको भिडबाट,
टाढा जाँदै गरेका युवाहरु अनि,
 क्षितिजमा पुगेर तीनै,
देशका निम्ति आहुति दिने
राष्ट्रभक्त सहिदलाई ,
सम्झी रहेकि छु
उनीहरुले राष्ट्रकालागि
बुनेका सपनालाई साकार पार्न,,
फेर्क भन्दै बोलाइ रहन्छु ।
बोलाइ रहन्छु, बोलाई रहन्छु |

निशा अर्याल
इस्रैल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com