डिसीमा सत्य स्वरुप सांगीतिक साँझ भव्यताको साथ सम्पन्न

वाशिंगटन डिसी मङ्सिर २३,

विजय थापा : डिसी महानगर क्षेत्रको भर्जिनीयाको हर्नडनमा सत्य स्वरूप साङ्गीतिक साँझ भव्यताका साथ सम्पन्न भयो । डिसी महानगर क्षेत्र मा रहेका नेपाली समुदायको पहल तथा आयोजनामा सम्पन्न कार्यक्रममा सत्य स्वरूपसँगै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो l

उक्त सांगीतिक साँझ हेर्न बिभिन्न डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त सांगीतिक साँझ कार्यक्रममा स्थानीय कलाकारहरु ,अनुपमा प्रसाई ,नविन केसी ,लुना श्रेष्ठ ,खेम संग्रौला ,श्याम सुन्दर तथा सौजन संग्रौलाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए l
सत्य राज आचार्यले दूई वटा आफ्ना पिता भक्त राज आचार्यका गित गाएका थिए भने डिसीको कार्यक्रम २७ औ भएको वताएका थिए । उन्ले अमेरीका २२ औ देसको यात्रा भएको जानकारी साथ आफ्ना पिताको नाममा भक्त राज आचार्य संगित प्रतिष्ठान को २०६६ मा स्थापना गरेको वताए । उक्त प्रतिष्ठानले कलाकारलाई सम्मान गर्ने गरेको वताए । दूवै दाजूभाईले गजल , युगल ,एकल तथा पिताका गीत गाएका थिए । 

सुमधुर स्वरका धनी सत्यराज आचार्य र स्वरुपराज आचार्यलाई आयोजकको तर्फबाट पुरस्कार प्रदान गरिएको थियो l दर्सकले मन थाम्न नसके पछि दादूभाईको गीतमा मंच अगाडी दर्सक खूव नाचेका थिए । अन्तिम गीत क्रिकेटलाई समर्पित गरेका थिए । आयोजकको तर्फवाट मंजू सग्रौलाले धन्यवाद दिएकी थिईन भने राजदूत डा अर्जून कूमार कार्कीले सत्य राज आचार्य तथा स्वरूप आचार्य पूरस्कार वितरण गर्नु भएको थियो । अन्य कलाकारहरूलाई पनि राजदूतले सम्मान पत्र प्रदान गर्नू भएको थियो ।



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com