सुजनाको जीवन बचाउन जुटे अमेरिकाको लसएन्जलसमा रहेका नेपाली

अमेरिका पुस ११,

जीबनमरणको दोसाँधमा रहेकी दोलखाकी एक किशोरीको जीवन बचाउन अमेरिकाको लसएन्जसमा रहेका नेपालीहरु एकजुट भएका छन् ।

एप्लास्टिक एनेमिया नामक रोगबाट ग्रसित दोलखाको भोड्पु गाविसकी २४ बर्षीय सुजना गोलेको जीवन रक्षाका लागि अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसमा बसोबास गर्दै आएका नेपालीहरुले रकम संकलन सुरु गरेका हुन् । सुजना गोले जीवन रक्षा अभियानका रुपमा लसएन्जलसमा बस्दै आएकी दोलखाकी सामाजिक अभियन्ता डोल्मा लामाले अभियान संचालन गरिरहेकी छिन् ।

एप्लास्टिक एनेमिया सामान्य अर्थमा शरीरका हड्डीका मासी अथवा बोनम्यारोले रक्त कोष बनाउन नसक्ने अबस्था हो । आफ्नो शरीरलाई चाहिने रगत बनाउन नसकेपछि समय समयमा रगत दिनुपर्ने हुन्छ । यही प्रकारको रोगबाट पीडित सुजना अहिले काठमाडौँको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका लागि भर्ना भएकी छिन् । उनको उपचारका लागि करिब ३५ लाख खर्च हुने अस्पतालले जनाएको छ ।

सुजनाको बाबुको यसअघि नै मृत्यु भइसकेको छ भने पारिवारिक अबस्था अत्यन्तै नाजुक रहेकाले सुजनाको परिवारको आग्रहमा आफूहरुले अमेरिकाका नेपालीहरुको बीचमा अभियान संचालन गरेको लामाले बताइन् । उनका अनुसार, अहिलेसम्म अमेरिकामा १ लाख ४० हजार रुपैँया संकलन भइसकेको छ ।

अन्य देशमा समेत गरी करिब ५ लाख रुपैँया संकलन भइसकेको लामाले बताइन् । ‘प्रवासमा रहेका नेपालीहरुको सानो सहयोगले पनि सुजनाले नयाँ जीवन पाउन सक्छिन्, त्यही भएर हामीले अभियान संचालन गरेका हौँ, लस एन्जलस् र अमेरिकाको विभिन्न राज्यममा रहेका नेपालीहरुले सकारात्मक रुपमा लिँदै सहयोग गरिरहनुभएको छ ।’– लामाले भनिन् ।

सहयोग गर्न इच्छुक व्यक्तिले तलको लिंकबाट सिधै सहयोग गर्न सक्नेछन् ।

https://www.gofundme.com/qbeax9ms?rcid=null


डोल्माजीको नम्बर: ५६२४१२०४८

धन्यवाद । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com