कविता - खियाँ लागेका सपनाहरु '
बध्यताहरुले यसरी चिमोटदा
जब म यो बिरानो शहर प्रवेश गर्छु
यी भतभति पोल्ने मरुभुमी नाप्दै
अमुल्य पसिना बेच्न भौतारिरहँदा
तातो बतास कानैमा साउती गरेर भन्छ
तिम्रो खोक्रो स्वाभिमान बिग्दैन यहाँ...!!
परिस्थितिहरुलाई धारे हातले धिक्कार्दै
उहीं खोक्रो अभिमानले रन्थनिएका मगज
चिसो पार्छु दुइ डलरको पानी घुट्क्याएर
तर बेरोजगारी प्यास मेटिदैन त्यो मिनेरलले
खियाँ लागेका सपनाहरुलाइ यस्सै जिस्काउँछन्
माथि होल्डिंग बोर्डका व्यंग्यात्मक मुस्कानहरु !!
उता आमालाई भनिदिन्छु फोनमा धेरै खुशीछु
गल्लीगल्ली हण्डर खाएर आजित हिम्मतहरु
लड़खडाउदै परेलीका पहाडमाथि बलड्यङ मार्छन
छिनमै छाँउछ अंधकार बेवसी बादल मडारिन्छ
सबैसबै म बिरानो देख्छु अनि अँध्यारो
थुचुक्क बसेर मेरो माटो छाम्छु तर त्यहाँ
हुँदैन मेरो प्यारो माटोको सुबास
बस त्यहाँ त सुख्खा मरुभुमी हुन्छ
अनि अधुरा खियाँ लागेका सपनाहरु... !!
फुलबारी कान्छी :