हङकङबाट क्यान्सरपींडितलाई सहयोग

हङकङ मङ्सिर २८,

काठमाण्डौं नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा ब्लड क्यान्सरको उपचार गराई रहेका उत्तरकन्या-८, खोगुम, लम्जुङका २० बर्षीय  घलेलाई हङकङ निवासी चलचित्रकर्मी तथा गीतकार सुबास गुरुङको मुख्य पहलमा उठेको १ लाख ९७ हजार ९ सय ७० रुपियाँ सहयोग रकम हस्तान्तरण भएको छ।

आर्थिक रुपमा विपन्न परिवारका  मन प्रसाद घलेलाई सहयोग रकम संकलन कार्यलाई चौ गुरुङ र बज्रकुमार थुलुङ राईले पनि साथ दिएका थिए। सो सहयोग रकमलाई गायक तथा संगीतकार आर.के.गुरुङले अस्पतालमै गएर रोगीलाई बुझाएका थिए।

सहयोगको अनुरोध आएपछि सहयोग संकलन अभियन्ताहरुले सामाजिक सञ्जाल फेसबुकबाटै मन प्रसादको उपचारकालागि रकम संकलन गरेका हुन्। यससँगै मन प्रसाद बचाउकालागि हङकङमा सहयोग अपिल बन्द गरिएको जनाइएको छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com