अनलाईन मुक्तक प्रतियोगिताको नतिजा प्रकाशित

शुक्रबार मङ्सिर १८,

नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखा द्वारा आयोजित अनलाईन मुक्तक प्रतियोगिताको नतिजा प्रकाशित गरिएको छ । प्रतियोगितामा जर्मनीका भुवन अर्याल 'कपिल' प्रथम, काठमाडौंका सुनिल अधिकारी द्वितीय र पोर्चुगलकी सावी श्रेष्ठ तृतीय हुनु भएको छ । 

प्रथम, द्वितीय र तृतीयले जनही १५ हजार १० हजार र ५ हजार सहित प्रतिष्ठानको प्रतीक चिन्ह अंकित मेडल प्रदान गरिने छ । सो प्रतियोगितामा उत्कृष्ठ १० स्थानसम्म प्राप्त प्रतियोगीहरुमा विवेक दुलाल क्षेत्री- यू.एर्.र् इ. सागर भण्डारी 'विभोर' - साउदी अरव, खगेन्द्र पारजुली - दक्षिण कोरिया, विमल गिरी - बेल्जियम,रविन्द्र दिखुक्पा - जापान प्रिन्स याक्खा - अफगानिस्तान र लेख कार्की 'अन्योल' - कतार हुनुहुन्छ ।
प्रथम, द्वितीय र तृतीय सहित उत्कृष्ठ १० औं स्थानसम्म पर्न सफल मुक्तककारका मुक्तकहरु शाखाको आगामी प्रकाशन मुक्त आकाश भाग २ मा प्रकाशन गरिने छ ।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको संयोजकत्वमा गठित निर्णायक कमिटीले मंसीर १७ गते काठमाडौंमा बसेको बैठकले यो अन्तिम नतिजा शाखालाई यठाएको हो । निर्णायक कमिटीमा प्रतिष्ठानकी सल्लाहकार उषा शेरचन, ज्ञानुवाकर पौडेल र महासचिव रमेश पौडेल सदस्य हुनुहुन्थ्यो ।

नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखाले प्रतियोगिताको सूचना जारी गरेदेखि मुक्तक पठाउने अन्तिम मितिसम्ममा नेपाल लगायत विश्वका विभिन्न मुलुकबाट २०३ जना मुक्तककारहरुले प्रतियोगी मुक्तकहरु पठाउनु भएको थियो । प्रतियोगिताको नतिजा पठाउनु हुने केन्द्रका निर्णायक कमिटिका सदस्यज्यूहरुमा हाम्रो शाखा हार्दिक आभार व्यक्त गर्दछ । 
अनलाईन मुक्तक प्रतियोगितामा उत्साहप्रद सहभागिता जनाउनु हुने सबै मुक्तककार र पुरस्कृत सबैमा हार्दिक बधाई ज्ञापन गर्दछौं । पुरस्कृत र उत्कृष्ट स्थान प्राप्त गर्नुहुने मुक्तककारहरुलाई काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार तथा प्रमाण पत्र वितरण गरिने जानकारी गराउँदछौं ।
- नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com