पूर्ण खोप घोषणा नहुञ्जेल तलब नलिने अहेवको संकल्प

जुम्ला पुस ११,

जुम्लाका एक स्वास्थ्यकर्मीले आफ्नो गाविस पूर्ण खोप घोषणा नहुञ्जेल सरकारले उपलब्ध गर्ने मासिक तलब नलिने सङ्कल्प गरेका छन् ।

यसरी गाविस पूर्ण खोप घोषणा नहुञ्जेल कुनै महिनाको पनि तलब नलिने सङ्कल्प गर्ने स्वास्थ्यकर्मी मालिकाबोता गाविस स्वास्थ्य चौकी जुम्लाका सिनियर अहेव नन्दलाल रावत हुन उनले शुक्रबार युनिसेफ नेपालको सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले आयोजना गरेको पूर्ण खोप घोषणाबारे ‘सकरात्मक सोच विकास’सम्बन्धी कार्याशाला गोष्ठीमा आफ्नो सङ्कल्प सार्वजनिक गरेका हुन् ।

‘मालिकाबोतालाई पूर्ण खोप गाविस घोषणाको तयारी कार्य माघ १ गतेदेखि सुरु हुनेछ’ उनले भने । तर उनले पुस महिनादेखि नै आफ्नो मासिक तलब नदिन जिल्ला स्वास्थ्य कार्यालय जुम्लालाई मञ्चबाटै आग्रह गरे । हाल जुम्लामा पटमारा, शनिगाउँ र ताम्ती गाविस पूर्ण खोप घोषणा भइसकेका छन् । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com