तनहुँ पुस १०,
महिलाका लागि सामान्य तरिकाबाट सुत्केरी हुन नसकी शल्यक्रियाका लागि पोखरा जानुपर्ने समस्या अब दमौली अस्पतालवाट समाधान हुने भएको छ ।
शल्यक्रियामार्फत् बच्चा जन्माउनुपर्ने अवस्थाका गर्भवतीका लागि दमौली अस्पतालमा पहिलो पटक शल्यक्रिया सेवा सुरु गरिएको डा पवनजंग रायमाझीले बताए ।
उक्त अस्पतालमा सेवा लिन आउने सामान्य तथा शल्यक्रियामार्फत् बच्चा जन्माउँदा औषधिलगायत सबै सेवा निःशुल्क गरिएकाले सुत्केरीलाई राहत पुग्ने उनको भनाइ छ ।
चारदिन अघिदेखि प्रसूति व्यथा लागेर दमौली अस्पतालमा ल्याइएकी लमजुङ सूर्यपालकी विष्णुमाया बसौलाको बिहीबार नै निःशुल्क शल्यक्रिया गरी बच्चा जन्मिएको डा रायमाझीले जानकारी दिए ।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञबाट सेवा प्रदान गरिएसँगै छिमेकी जिल्ला लमजुङ, गोरखा तथा आसपासका महिला लाभान्वित हुने सो अस्पतालले जनाएको छ । रासस :