मोबाइल बनाउन आएकी बालिका बलात्कार गर्ने पक्राउ

Rapeभीमदत्तनगर, १५ पुस

चौध वर्षीया बालिकालाई सामुदायिक वनमा लगेर जबर्जस्ती बलात्कार गरेको आरोपमा प्रहरीले आज साँझ एक व्यापारीलाई पक्राउ गरेको छ ।

गत शुक्रबार मोबाइल पसलमा मोबाइल बनाउन आएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झलारी पिपलाडी नगरपालिका–१ बन्साहस्थित मनिष मोबाइल ग्यालरीका सञ्चालक देवबहादुर साउदलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलले मोबाइल पसल सञ्चालक २७ वर्षीय साउदले गाउँमै रहेको सामुदायिक वनमा बालिकालाई लगेर बलात्कार गरेको बताउनुभयो ।

बालिकाका आफन्तले प्रहरीमा दिएको उजुरीका आधारमा साउदलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बुझाएको प्रहरी निरीक्षक रावलले बताउनुभयो ।
स्थानीय स्रोतका अनुसार बालिका गत पुस १० गते बिग्रिएको मोबाइल मर्मतका लागि साउदको पसलमा पुगेकी थिइन् । 

बालिकाको स्वास्थ्य परीक्षणसमेत गरिसकेको र बिहीबार अभियुक्त साउदविरुद्ध मुद्दा दायर हुने प्रहरीले जनाएको छ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com