अनेस द्वारा नौ महिलालाई "नवरत्न पुरस्कार "

अमेरिका पुस १०,

 अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले नौ महिलालाई "नवरत्न पुरस्कार " अर्पण गर्ने भएको छ | अनेसास महिला समितिद्वारा संयोजन गरिएको दुई सय अमेरिकी डलर र सम्मान पत्र रहेको उक्त पुरस्कार आगामी २ अप्रिल २०१६ का दिन अमेरिकाको न्युयोर्कमा आयोजना गरिने कार्यक्रममा प्रदान गरिने छ |

 प्रत्येक बर्ष अमेरिकाका ५ जना र अन्य मुलुकका ४ जना साहित्य, कला र संगीतका क्षेत्रमा समर्पित महिलालाई प्रदान गरिने उक्त पुरस्कार बिभिन्न दाताहरुले स्थापना गरेका हुन् |

 यसैगरि समितिले प्रतिभाशाली बालबालिकालाई पनि उक्त कार्यक्रममा पुरस्कृत गर्ने भएको छ | जसका लागि गीता खत्रीको संयोजकत्वमा राधेश्याम लेकाली र गोवर्धन पूजा संग्लन समितिका पनि गठन गरिएको छ|
स्रोत-न्युज अभियान;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com