हङकङमा बिष्णुले बाजि मारिन,बेदको ब्याक टु ब्याक बिजय, नर्थफेसमा नया किर्तिमान

हङकङ मङ्सिर २८,

मगेन किरात  "भोजपुरे" : एशियाली मुलुकहरुमा प्रीमियम एड्भान्चर दौडहरुको शृङ्खला सन्चालन गर्ने संस्था Action Asia Events तथा जापानी इन्स्योरेन्स कम्पनी MSIG को प्रमुख प्रायोजनमा आयोजना भएको MSIG Lantau VK(5km) उकालो दौडमा नेपालबाट आएकी 19 बर्षिय बिष्णु माया बुढाले बाजि मारेकी छिन। 

गत डिसेम्बर 5 तारिक शनिवार बिहान 9 बजे Tong Fuk Beach बाट उकालो कुदेर लान्ताउ पिकको निर्धारित दुरि 51 मिनट 50 सेकेन्डमा पार गरि प्रथम स्थान हासिल गर्दै नेपालको नाम राखिन। उक्त कठिन दौडमा फ्रान्स कि Maud Gobert ले 52:30 फ्रान्सकै Charlotte Henry ले 54:05 मा पार गरि क्रमशः दोश्रो र तेश्रो स्थान हासिल गरिन।

गत बर्ष सोही दौड नेपाल कि Mira Rai ले उक्त दुरि 00:48:32 मा पार गरि प्रथम भएका थिईन। पुरुष तर्फ सोही प्रतियोगितामा नेपालबाट आएका धावक बेद सुनुवारले तेश्रो स्थान हासिल गरे। डिसेम्बर 6 आईतबारको दिन 50km अल्ट्रा रेसमा पनि उनी अग्रस्थानमा भएर पनि बाटो भुल्न पुग्दा तेश्रो स्थानमै चित्त बुझाए।

विभिन्न एड्भएन्चर दौडहरु आयोजना गर्ने Seyon Asia को आयोजनामा तथा The North Face कम्पनीको प्रमुख प्रायोजनमा संचालित गत डिसेम्बर 12 शनिबारका दिन आयोजित "2015 The North Face 100, Asia Pacific Series - Hong Kong" मा 50km क्याटेगोरी तर्फ भने बेदले नया कीर्तिमान सहित बाजि मारेका छन।

100/50km को प्रतियोगितामा हजारको हाराहारी सन्सारका विभिन्न देशका नामुद धावक धाविकाहरुलाई उछिन्दै बेदले निर्धारित दुरि 05:30:40 मा पार गरि नया कीर्तिमान सहित प्रथम स्थान हासिल गरेर हङकङको भुमीमा फेरि नेपाली झन्डा पहराउन सफल भएका छन। उक्त दुरि गत बर्ष अष्ट्रेलियाका Vlad lxel ले 05:40:45 मा पार गरेका थिए। 

त्यसै गरि हङकङका Tsang Siu Keung ले 05:57 र डेनमार्कका Jensen Andres Kartik ले 05:58 पूरा गरि क्रमश: दोश्रो र तेश्रो स्थान हासिल गरे।बेदले यो जित बाट $5000 को कुपन प्राप्त गर्नुको साथै आगामी 2016 मा हुने Ultra-Trail du Mont-Blanc को क्वालिफाईङ को निम्ति रैङ्किङ नम्बर समेत प्राप्त गरेका छ्न।जहाँ 50km दौड पूरा गर्नेले ।

 प्वाइन्ट र 100km दौड पूरा गर्नेले 3 प्वाइन्ट प्राप्त गर्नेछन। MSIG Lantau VK(5km) मा प्रथम स्थान हासिल गरेकी बिष्णु माया बुढा भने घुडामा चोट लागेका कारण "नर्थफेस दौड"मा प्रतियोगितामा सामेल भईनन। हङकङबासी स्थानिय धावक "द लोकल हिरो" को नामले लोकप्रियता पाएका सन्तोष तामाङ टप टेन भित्र आउन सफल भै आफ्नो पटेन्सियल प्रदर्शन गरेका छन।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com