गजल By, कबिराज मगर


गजल By, कबिराज मगर

नेताहरुको आवाज पनि फेरीने भो अब 
देशमा के के हुन्छ को नि हेरिने भो अब  ।

चर्किएको आन्दोलनले व्यतित छ देश 
पूर्व पश्चिम उत्तर दक्षिण नाका घेरिने अब  ।

ज्युदै मर्ने भए जब गरिब जनताहरु सबै 
भोक मरीले पुरै देश नेपाल बेरिने भो अब  । 

चुलो बल्नै छाड्यो ग्यास भए पो बल्थ्यो 
दाउरा पनि सकियो मन्त्रीलाई केरिने अब  ।

तराई सबै अन्धकार छ बन्द र हड्ताल छ 
नेपालीले नेपाली कै घाटी सेरिने भो अब  ।

कबिराज मगर
दिप्लुङ १ केराबारी
खोटाङ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com