गजल By, मानन्धर अभागी


गजल By, मानन्धर अभागी

जिन्दगीमा कहिले काहीँ मर्न मन लाग्छ
आज आफूले आफैलाई हर्न मन लाग्छ

सुन्दरता यो भित्र कसैको आँखा लाग्यो
गिद्दे यो नजर देखि डर्न मन लाग्छ

जहाँ छ रङ्गीन संसार मेरो ठूलो चाहना
सुसेलेर त्यो छाँगाबाट झर्न मन लाग्छ

काँगुनी त्यो छरेर जाल फिंजाएका हुन्छन्
नर्कमा भन्दा स्वर्गमा चर्न मन लाग्छ

आवत जावत पवन यो दिल तलाश्दैछ
जताजता जान्छ उतै सर्न मन लाग्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com