नायिका जल शाह ‘साल्ट लेक सिटी च्याप्टर’को अध्यक्ष

काठमाडौँ ; नेपाली अमेरिकन कलाकार सङ्घ, नर्थ अमेरिकाको ‘साल्ट लेक सिटी च्याप्टर’ अध्यक्षमा नायिका जल शाहलाई मनोनीत गरिएको छ ।

लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान दिनुभएकी नायिका शाहलाई भर्खरै बसेको सङ्घको बोर्ड बैठकले सर्वसम्मतरुपमा अध्यक्षमा मनोनीत गरेको ‘मिडिया संयोजक’ विमल डाँगीले जानकारी दिनुभयो ।

कलाकार सङ्घद्वारा आयोजित कार्यक्रममा ‘न्युयोर्क च्याप्टर’ संयोजक यम बरालले शाहलाइ प्रमाणपत्र प्रदान गर्नुभयो । नवनियुक्त अध्यक्ष शाहले सङ्घलाई आफूले अझ विस्तार गरेर विदेशमा रहेका नेपाली कलाकारको पक्षमा काम गर्ने बताउनुभयो । रासस ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com