कथाः महिनावारी भएपछि मन्दिरअघि

डा. सुजित कुमार झा,
हरेक साल जस्तै यसपालि पनि चाडतिहारमा मेरो र मेरो साथीको पारिवारिक जमघट भयो। त्यहाँ विविध विषयमा कुरा भए यही क्रममा स्वेता जो मेरो साथीकि छोरी हो उसले प्रश्न गरीः अंकल, मेरा घरका अग्रजहरुले महिनावारीका बेलामा पूजा गर्न वा मन्दिर जान दिन्नन्। तपाईंलाई शास्त्र र धर्मको ज्ञान धेरै छ। तपाईंले पनि त्यसै भन्नुभयो भने म मान्छु।

सोच्नै नसकिएको प्रश्न तेर्सियो। वास्तवमै महिनावारी भइरहेका महिलालाई मन्दिर पस्ने, पूजा गर्ने, चोखो सामान छुन दिने अनुमती हाम्रो समाजमा छैन।

मेरो बुबा आमाले यो कुराको पछाडी केही कारण छ भन्नुहुन्छ, तर उहाँहरु लाई कारण थाहा छैन। कुनै बैज्ञानिक, पौराणिक वा शाष्त्रीय कारण होला नि यस्तो परम्परा राख्नुको पछाडी हाम्रो पूर्खा हरुसँग। के हो कारण अंकल ?

यसको ज्ञाता त म हैन, तर यो हाम्रो एउटा परम्परा हो, यसलाई तिमीले मान्नुपर्छ– मैले उम्किने गरि भने।
उनको हजुरआमाले भनिन्, ‘आइमाई हरु महिनावारी का बेला अपवित्र हुन्छन्। हाम्रो शास्त्रले महिनावारीलाई एक श्रापको रुपमा व्याख्या गर्छ। त्यै भएर मन्दिर पस्न हुँदैन।’

कुन शास्त्र, कुन श्राप ? मैले थपें।
लौ, तिमिलाई थाहा छैन, महाभारतमा द्रौपदीलाई राजा धृतराष्ट्रको राज्यमा जबर्जस्ति ल्याइएको थियो, जब तिनिलाई पाण्डवले जुवामा हारेका थिए। त्यतिबेला उनको महिनावारीको रगत खसेको थियो, अनि श्रापले कौरव मारिए।

आमा, उनी जुवामा हारिएपछि न्यायका लागि उभ्याइदा उनको महिनावारी चल्दै थियो। तर, महिनावारीको प्रसंग जोडेर कुनै श्रापको कुरा त मलाई थाहा छैन। अनि, महाभारत एक महाकथा पो हो, शास्त्र हैन नि। महिनावारी को बारेमा उल्लेख भएको हाम्रो एकमात्र धर्म शास्त्र ुमनुसमृतीु हैन र !

ओहो, त्यसो भए महिनावारीका बेला महिला मन्दिर जानू ठिक हो ? आमाले रिसाउदै सोधिन्।
वास्तवमा घरका यस्तै अग्रजको कुराले नयाँ पिढीहरु यस्तै अचम्मका संस्कार र परम्परा मान्नुपर्ने बाध्यतामा छन्।

गजब छ बा, आमा–हजुरआमाले भोगे, त्यै भएर छोरी र बुहारीले पनि भोग्नु पर्ने ?
ूहाम्रा कति संस्कार र परम्परा बिना कारण हुन् भन्न खोज्या हैन। म मन्दिर जाँदा परम्परागत लुगा नै लाउँछु। हुन सक्छ घरमा जहिले धेरै काम र जिम्मेवारीका बिच रहने भएकाले आराम गर्ने मौका पाउँछन् आइमाईहरुले। हुन सक्छ, कामबाट आराम पाउने यो मात्रै मौका हुन्छ उनिहरुको लागि।
हैन। यो अपवित्र हो, पाप हो। भगवाले श्राप दिन्छन् यस्तो बेलामा मन्दिर पस्यो भने– आमा झन् रिसाउनुभयो।
स्वेता सहि कारणको अपेक्षामा आशावादी हुँदै म तिर हेरिन्। म द्विविधामा परें।

तर, आमा, मेडिकल साइन्सले त बेग्लै कुरा भन्छ नि। महिनावारीको बेलामा बग्ने रगतमा कुनै विशुद्धी हुँदैन। यसको त गन्ध पनि हुँदैन। शरीर बाहिर हावाको सम्पर्क आएपछि गन्ध थपिने हो, पसिना जस्तै। भावी सन्तानको लागि बनेको वातावरण हो त्यो, त्यो त पूर्ण पवित्र र शुद्ध हुन्छ। असल स्वास्थ्यको परिचय हो महिनावारी त। बरु महिनावारी रोकिएमा महिलामा समस्या हुन सक्दछ। तपाईं नै भन्नुस् त आमा, भगवानले यस्तो भेदभाव राख्छन् होला त। एक आइमाईले पूजा गर्दा भगवानलाई आपत्ति हुन्छ होला त । हाम्रा ग्रन्थले के यस्तो गर्ने र नगर्ने बुँदामा विभेद गरेको छ त ?

मेरो साथीका बुबाले थप्नुभयो– ूमन्दिर जान र पूजा गर्नको लागि पवित्र मन र शरीर चाहिन्छ, हैन ?
हो अंकल, त्यै भएर त हामी स्नान गरेर मन्दिर जाने र पूजा गर्ने गर्छौं। सरसफाइमा ध्यान दिएपछि महिनावारी हुँदै गरेकी आइमाई कसरी अपवित्र भइन् त ?  यो त सामन्य जैविक चक्र हो नि। हरेक स्तनधारी प्राणीमा हुने स्वस्थ प्रक्रिया हो यो। मन्दिर भित्र घुमिरहने गाईमा पनि त यो हुन्छ। बच्चा जन्माउन चाहिने भ्रुणको लागि यो प्रक्रिया हुनैपर्छ। हाम्रो जीव संरचनाको एक पाटो हो यो। यो कसरी गलत हुन सक्छ आमा ? त्यसो भए, तपाईंले आफ्नी छोरी र श्रीमति लाई त्यस्तो बेलामा मन्दिर पठाउनुहुन्छ ?– यति खेर सम्म चुप लागेकी मेरि साथिकी पत्नी बोलिन्।

ूमैले अनुमती दिएपनी तिनिहरु जाँदैनन्। मैले भन्न खोजेको कुरा नै यही त हो नि। हाम्रो परम्परा हाम्रो मन र सोच मा पसिसकेको छ। अनि यो विरुद्ध केही गर्दा हामी आफैंलाई आत्मग्लानी महसुस हुन्छ। यस्तै अग्रज हरुबाट डोर्‍याइएका यी कुरितीहरु ले हामी सबैको मनमा अड्डा जमाएका छन्। र डरको यही भाव एक सन्तति बाट अर्को सन्ततिमा प्रवाह हुँदैछ। यी कुरितीबाट निस्किनु मानिसको आफ्नो स्वतन्त्रता को कुरा हो।

यस्तो ठूला कुरा गर्ने मान्छे, किन जबर्जस्ती गराउदैनौ त ? – स्वेताकी हजुरआमाले जिस्काउदै भन्नुभयो।
मैले कसैमाथि थुपार्ने कुरा हुँदैन। आमा–हजुरआमाले मनोबैज्ञानिक तवरले सञ्चार गरेको यो संस्कार मैले चाहेर मात्र हट्दैन। यो केहिमा अज्ञानता होला तर पढेलेखेकाहरु पनि यसमा विश्वास गर्दछन् र आफ्ना सन्ततिलाई यहि कुरा सिकाउछन्। हजुरले पनि आफ्नो बाल्यकालमा यही सिक्नुभयो र आज पनि यही सिकाउदै हुनुन्छ। अन्धविश्वासको कडा जालो यतिकै भत्किन्न। संस्कृति विरुद्ध चालिएका कदमले धेरैको मन विचलित हुन्छ, मन भारी हुन्छ र पापबोध हुन्छ। अनि लडाइको शक्ति नपुगेर उहीअन्धभक्तीमा लाग्छन्। विश्वास को लागि न कुनै बैज्ञानिक तर्क चाहिन्छ, न त बहसमै कुनै निष्कर्ष आउँछ।
अनि स्वेताले फेरि सोधिन्।

ईश्वर सँगको मानिसको सम्बन्ध नितान्त व्यक्तिगत हुन्छ। अरुले त्यसमा केहि भन्ने कुरा आउदैन। जबसम्म तिमिमा आफ्नो कार्यको कुनै पापबोध हुँदैन, तिम्रो कार्य सदैव सही हुन्छ। हाम्रो धर्मले महिलालाई शक्तिको स्वरुपा मानेर पूजा गर्दछ। उनी माता हुन्, उनि देवि हुन्। आमाको रुपम उनको सदैव पूजा हुन्छ।
ूसंस्कृति तार्किक छैन लाग्दो रहेछ तिमिलाई। त्यसो भए यतिका विधि मान्छेले किन मान्छन् त ? – स्वेताका हजुरबुबाले सोध्नुभयो।

अंकल, कुनै भगवानले आज सम्म महिनावारी हुँदै गरेकी आइमाई मन्दिर पस्न नपाउने कुरा गर्नुभएको छैन। ईश्वरले महिला पुरुष भनेर भेदभाव गर्नुहुन्न। यो त हाम्रो समाजको वर्षौं देखिको सोचको उपज हो। आधुनिक समाजमा यो कुराको उपस्थिति हुनु जायज मान्न सकिन्न। महिला स्वतन्त्रताका कुराहरु हामीले खुलेर गर्नुपर्छ। यो चलन समाजले बिनाकारण सहज रुपमा पचाएको देखिन्छ। कुनै बल र दबाब बिना पनि यो चलन मानेको देखिन्छ। तर यथार्थता बुझाएर आफ्नो इच्छा अनुसार गर्न दिनु, अबको हाम्रो सन्ततिको जिम्मेवारी हो। उनको असल प्रयासलाई प्रोत्साहित गर्नु हाम्रो जिम्मेवारी हो । त्यसोभए म मन्दिर जाँदा हुन्छ ? – स्वेताले खुसी हुँदै सोधिन्।

ूहामीलाई थाहा भएको सत्य कार्य गर्न हामीमा कुनै हीनताबोध रहनुहुन्न। तिमीले गर्ने कार्यका लागि तिमिलाई कसैको अनुमती चाहिदैन। आजका तिम्रा प्रयास नै भोलिको चलन बन्न सक्छ। मैले पनि धेरै यस्ता चलन निभाउछु, जुन म आफै विश्वास गर्दिनँ। कति यस्ता चलन आजै मनाउन छाड्नु सामाजिक प्राणिका रुपमा असहज हुन्छ। यस्ता चलन मान्ने कि नमान्ने, त्यो व्यक्तिगत स्वतन्त्रताको विषय हो।
(विभिन्न स्रोतबाट सम्पादित एवं अनुवादित) __ स्वास्थ्य खबरबाट ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com