कविता : तेश्रो कथा


कविता ; दाजु गुरुङ , हङकङ

भ्रममा परे प्रिय !
यो रातो भुण्टेहरुको जुलुसमा
यतिका दिनहरु देखि हराईरहेछ्यौ
कहाँ खोजौ ?
कस्लाई सोधौ ?
तर
नौलो त होईन यो
जुलुस वन्द हडताल धर्ना आगजनी तोड्ने फोड्ने सँस्कार
गर्भमा सिकेर गौरान्वित नैै हौली भनेर
ढुक्क भएर पर्खिरहेछु तिमीलाई
किन की
मैदानमा उत्रिए पछि
कम्तिमा दसवटा जति
राता भुण्टेहरुलाई लिएर आऊ
चाहे जति नै ठूलो महाभूकम्प जाओस्
चाहे जति नै ठूलो समयको हुरी चलोस्
राता भुण्टेको कस्सम् !
वाटो हेरिरहन्छु म
तिम्रो सहनशीलताको गीत गाएर
तिम्रो साहसीशीलताको तारिफ गरेर
अनि
तिमीले सावित गरेर देखाए पछि
पछि...पछि.... धेरै पछि
पुरान कथाका पानाहरुमा
थप कथाहरु माँझ
राता भुण्टेहरुका जीवन गाथा थपेर
एकको दुई वनाई दिनेछु
अर्थात तेश्रो कथा लेखिदिनेछु
आखिर
कसरी डव्वलको तेश्रो नहोला ?
तिमी र म मिले पछि !

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com