सौन्दर्य सामग्रीले निम्त्याउन सक्छ क्यान्सर !

नारी सौन्दर्यकी खानी हुन् । सुन्दर अनुहारमा अझै निखार ल्याउन महिलाहरुसौन्दर्यका विभिन्न प्रसाधन प्रयोग गर्छन् । तर, कतिपय अवस्थामा यी प्रसाधनले महिलाको स्वास्थ्यमा गम्भीर र प्रतिकूल प्रभाव पारेको हुन्छ । सौन्दर्यमा प्रयोग हुने विषादीले क्यान्सरसम्म हुन सक्ने विज्ञहरुले सचेत गराएका छन् ।
आइलाइनर
हाम्रो आँखा संवेदनशील हो भन्ने थाहा हुँदाहुँदै पनि कतिपय महिलाले आँखामा ‘आइलाइनर’ प्रयोग गर्छन् । तर, आँखाको भित्री ढकनीमा सिसाकलमको प्रयोग गर्दा हाम्रो आँखाको दृष्टि गुम्नेसम्मको जोखिम हुने विज्ञहरु औंल्याउँछन् । आइलाइनरमा प्रयोग हुने रंगमा तेल, सिलिकन, गम, मैनलगायतका वस्तु प्रयोग हुने भएकाले यसले आँखालाई रातो बनाउने, व्याक्टेरियाले संक्रमण गर्ने र धमिलो दृश्य देखिने हुन्छ ।
‘आई एन्ड कन्ट्राक्ट लेन्स’ नामक जर्नलमा प्रकाशित एउटा अध्ययनअनुसार आइलाइनरमा प्रयोग हुने रसायनयुक्त चिज आँखाका लागि हानिकारक हुने पुष्टि भएको छ । क्यानडा युनिर्भसिटी अफ वाटरलुका डा अलिसनको भनाइमा आइलाइनर कोर्न प्रयोग हुने पेन्सिलका कणहरु आँखामा प्रयोग गरेको पाँच मिनेटमै आँखाभित्र पुगी असर गर्छन् र यसलाई सामान्य तरिकाले सफा गर्न समेत सकिँदैन । चस्मा लगाउने महिलाको आइलाइनर सिसामा जम्छ । तसर्थ, सुत्नुअगाडि सम्पूर्ण मेक अप पखाल्नुपर्ने विज्ञहरु बताउँछन् ।

लिपिस्टक
कतिपय महिला लिपिस्टकबिना आफू पूर्ण नभएको महसुस गर्छन् । तर, अधिकांश अध्ययनले लिपिस्टिकमा लिडलगायत अन्य उत्तेजक र हानिकारक धातु रहको पुष्टि गरेका छन् । लिपिस्टिकमा क्याडमियम, आल्मुनियमलगायतको धातु हुने र यसले स्नायु प्रणालीलाई प्रत्यक्ष रुपमा हानि गर्ने मात्र होइन, गर्भवतीको भ्रुणमा समेत असर गर्ने विज्ञहरु बताउँछन् । लिपिस्टकमा लिडलगायतका हानिकारक रसायन प्रत्यक्ष रुपमा मिसाइएको हुँदैन तर अधिकांश लिपिस्टक त्यस्ता खनिजबाट बनाइएको हुन्छ, जसको स्रोत विषादी हो । युनिर्भसिटी अफ क्यालिफोर्नियाले गरेको एक अध्ययनमा धेरै पटक लिपिस्टक प्रयोग गर्ने महिलामा छालाको क्यान्सरलगायतको गम्भीर रोग हुने गर्छ । 

आल्मुनियमजस्तो विषादीयुक्त धातुबिना लिपिस्टक बनाउन नसकिने भन्दै यसले स्वास्थमा प्रत्यक्ष प्रभाव पर्ने अध्ययनमा जनाइएको छ । कतिपय अवस्थामा लिपिस्टकमा भएका रसायन मुखभित्र पुगी शरीरमा क्यान्सरसम्म हुने विज्ञहरु बताउँछन् ।

अनुहारमा लगाउने क्रिम

अनुहारमा दल्ने विभिन्न क्रिममा पनि रसायनको मिसावट हुने भएकाले सकभर यस्ता उत्पादन प्रयोग नगर्न विज्ञहरु सल्लाह दिन्छन् । फेस क्रिममा प्रयोग हुने मिथेनका कणले अनुहारमा एलर्जी बढाउनुका साथै राता दाग देखाउँछ । यस्ता क्रिमको प्रभाव महिनौंपछि पनि देखिन सकिने बताइन्छ । क्रिमका रसायनले आखा र अनुहारको नरम छाला उक्किने, घाउ आउने र बिस्तारै दीर्घकालीन रुपमा छालाको रोग लाग्ने गरेका छन् ।

नङ पालिस 

त्यस्तै, नङ पालिसमा राखिने रसायनका कारण छालामा एलर्जी हुनुका साथै क्यान्सरसम्म लाग्न सक्छ । नङ पालिसको प्रभाव आँखाको ढकनी, मुख वरपर र घाँटीमा सोझै देखिने लन्डनस्थित सौन्दर्यविज्ञ निकोलस लोईको कथन छ । नङ पालिस लगाउँदा मात्र होइन, घोट्दा पनि हातलगायत छालाका संवेदनशील स्थानामा लतपतिने भएकाले एलर्जीलगायतका समस्या ल्याउने गर्छ । _स्वस्थ्यखाबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com