कविता : क्रुर शाषक बनोस् मेरो छोरी



कविता : By, सीता सुबेदी

म चाहन्छू मेरो छोरी,                
क्रुर शाषक बनोस् ।।
समाजमा हत्या,हिंसा अंगाल्दै,
नाङ्गो राजनिती गर्नेहरुमाथी।
मेरो छोरी धारिलो तरवार
सहितको महाकाली बनोस्।।
तसर्थ म चाहन्छु मेरो छोरी,
क्रुर शाषक बनोस् ।।
मेरो छोरी हत्या, हिंसा त्याग गर्ने बुद्ध नबनोस्,
केबल हत्या, हिंसा, अन्याय अनि भ्रष्टाचार अन्त्य गर्ने 
एकमात्र क्रुर शाषक बनोस्।।
तसर्थ म चाहन्छु मेरो छोरी,
क्रुर शाषक बनोस् ।।
मेरो छोरी समाजको एक्लो विद्वान नबनोस्,
तसर्थ सयौं विद्वान उब्जाउने सत्ता निर्माण गर्ने
एक मात्र क्रुर शाषक बनोस्।
अन्ततः म चाहन्छु मेरो छोरी,
क्रुर शाषक बनोस् ।।

सीता सुबेदी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com