वाशिंगटन डिसी मङ्सिर ०८,
विजय थापा : भारतले गरेको अघोषित नाकाबन्दी र अमानवीय ब्यबहार बिरुद्ध बिरोध प्रदर्शनलाई म्यारिल्याण्ड राज्यका सिनेटर बेन्जामिन एल कारडीनलाई बक्ताको रुपमा आमन्त्रित गरेता पनि काम बिशेष कारण आफु सहभागी हुन् नसकेता पनि नेपाल र नेपालीको हितको लागि समर्थन गर्ने पत्र मार्फत जानकारी गराएका छन् l
उनले आफ्नो पत्रमा हालसालै सयुक्त राष्ट्र संघले नेपालले भै भोगी रहेको डरलाग्दो मानवीय संकटको बारेमा चेतावनी दिएको कुराको संस्मरण गराएका छन् l उनले पत्रमा नेपाल भूकम्पको प्रभाबले आक्रान्तबाट मुक्त नभै सकेको अवस्था हुदा हुदै हाल आएर खान पकाउने इन्धन , खानेकुरा ,ओखतिको चरम अभाव तथा राजनैतिक झगडाको कारण हुन् गएको बिद्यालय बन्द जस्ता बिषय तुरुन्तै समाधान गर्नु पर्ने कुरामा जोड दिएका छन् l
तराई क्षेत्रमा झन्डै १५ लाख बालबालिका पाठशाला जान बाट बन्चित भएको सयुक्त राष्ट्र संघ बालकोषले उद्धृत गरेको उनको पत्रमा उल्लेख गर्दै युवाहरु नेपालको भबिस्य निर्माण गर्ने काममा अहम भूमिका निर्वाह गर्ने छन् भनि बताएका छन् l
यसको साथै आफुले संसदमा नेपालको पुनर्निर्माणमा सहयोग गर्ने हेतुले नेपाल पुनर्निर्माण कानुनको सुरुवात गरि सकेको बताएका छन् l आफु र सिनेटर मार्क किर्क नेपालको पुनर्संरचना बिद्यालय ,बाटोघाटो तथा भविष्यमा प्राकृतिक प्रकोपबाट अपनाउनु पर्ने साबधान सम्बन्धि आदिमा समर्थन गर्ने र सहयोग गर्ने बताएका छन् l
सिनेटर बेन्जामिनले नेपालको सिमा क्षेत्रमा भै रहेको समस्याको कारणले भूकम्पको प्रभावबाट अवस्थामा गुजरिएको देशमा खान ,आश्रय तथा ओखति जस्ता चिज शिघ्र आवस्यक हुने हुनाले तुरुन्तै चाजो मिलाउनु पर्ने हुन्छ भनि पत्रमा उल्लेख गरेका छन् l मानवीय सहयोग तथा आवस्यक सामग्री नेपाल भित्रिनु पर्छ भनि पत्रमा लेखेका छन l
र उक्त पत्र आज भएको बिरोध जुलुस कार्यक्रममा भर्जिनिया राज्यका लाउडन काउन्टीका डलस जिल्लाका डेमोक्राटिक दलका सभापति हरि शर्माले पढेर सुनाएका थिए l बेन्जामिन बेन्जामिन एल कारडीन म्यारिल्याण्ड राज्यका डेमोक्राटिक दलका एक सशक्त तथा वरिष्ट प्रभावकारी सिनेटर भएको शर्माले बताए l