चेपाङ केन्द्रलाई खाद्यान्न सहयोग

रत्ननगर ५ मंसिर  ,

होमनाथ सापकोटा : पूर्वी चितवनको रत्ननगर १०, मंगलपुरमा रहेको गाँमवेसीको चेपाङ संरक्षण केन्द्रलाई आज खाद्यान्न सहयोग गरिएको छ ।

गैर आवासीय नेपाली संघ कानसाई जापानले केन्द्रमा आश्रित चेपाङ वालवालिकाका लागि २० वोरा चामल,१ वोरा नुन,१ वोरा व्याज,१ बोरा आलु र १ बोरा दाल सहयोग गरेको हो ।

नेपाली इण्डियन रेष्टुरेण्ट बीबी लक्ष्मी परिवार जापानका सञ्चालक डिलाराम सापकोटाले सो खाद्यान्न सामाग्री केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई हस्तान्तरण गर्नुभएको थियो । केन्द्रमा १४० जना चेपाङ वालवालिका आश्रित छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com