पिट्सवर्गमा ‘दि प्याथेटिक जर्नी’काे घुम्टाे खाेलिदाँ…

डिसी (अमेरिका) मङ्सिर ११,

बिजय थापा : पेन्सेल्भेनिया राज्यकाे सुन्दर सहर पिट्सवर्ग । अलि अलि उठेका क्षितिज जाेड्ने खाेज्ने डाँडाकाँडा । अनि बाइराेडकाे जस्तै घुमाैराे बाटाे । उकाली अाेराली अनि भञ्ज्यांग चाैतारी । लाग्थ्याे, हामी कतै नेपालकै कुनै भूभागमा टेकिरहेका छाैं । तर, चिटिक्क परेकाे सफा सहर, चिल्ला सडक र सुकिला गाडीहरू । यिनीहरूले भने हामीलाई नेपाल बिर्साउने छुट दिदैनथे ।

भूगाेलका धर्साहरूमा नेपाल बिर्साइदिने यही सहरमा गएकाे अाइतबार हामी नेपाली मनभएका मानिसमाझ थियाैं । संजाेग जुराइ दिएकाे थियाे, भुटान साहित्य परिषद्ले । कार्यक्रम थियाे कवि तथा गीतकार नारद पाेखरेलकाे कविता संग्रह विमाेचन अनि उनकै गीतहरूकाे गायन प्रस्तुति ।कार्यक्रम भन्नु मात्र नेपाल या भुटानकै कुनै गाउँघरमा नेपाली पाराले अायाेजना गरिने कुनै अनुष्ठानजस्ताे प्रिय वातावरण थियाे । काेही स्वागत गर्ने, काेही सभापति हुने, काेही उद्घाेषण गर्ने, काेही स्वयंसेवक हुने । काम भने व्यावसायिकले गर्नेजस्तै तर सबै सघाउने संस्कारकाे ।
पुस्तककाे घुम्टाे खाेलिदिन चाँहि नेपाली जस्तै मन भएका तर मस्तिष्कले चल्ने भनिएका पाका प्राेफेसर अाएका थिए अाेहायाेबाट । उनी थिए, उमेरले ७० नाघेका केन्ट युनिभर्सिटी प्राेफेसर डा. टेरी लि कुह्न । उनी अाफ्नै छिमलकी श्रीमतीसँग मुख्य अतिथि बनेर अाएका थिए ।
यही नेपालीपन भएकाे नेपाली मनकाे कार्यक्रममा कवि नारद पाेखरेलकाे पहिलाे पुस्तकका रूपमा अंग्रेजी कविता संग्रह दी प्याथेटिक जर्नी लाेकार्पण भयाे । लाेकार्पण गर्न प्राेफेसर टेरी लीसँगै कृतिकार पाेखेलका मातापिता पनि  मञ्चमा लहरै उभिए । अाफ्नाे छाेराकाे पाैरख अनावरण गर्दा गहभरी अाँसु पारेका पाका पाेखरेल दम्पतिले लीसँगै द प्याथेटिक जर्नीकाे घुम्टाे खाेली दिए । कार्यक्रममा सहभागीहरूले पनि अाअाफ्नाे हातमा रहेकाे पुस्तक लाेकार्पण गरे ।
पुस्तककाे सफलताकाे शुभकामना दिदै टेरी लीले भने, मनले लेखिएका कविता हुन् । यी कविता पढ्न र बुझ्न पनि मन नै चाहिन्छ । छाेटाे तर सटीक समीक्षा थियाे अमेरिकी समाजशास्त्री टेरी लीकाे । उनले कविलाइ भने, राम्रा छन् कविता, अझै राम्रा हुन सक्छन् । उनले त्यसकाे व्याख्या गरे, राम्राे हुने कुराकाे सीमा नै हुदैन , सम्भावना मात्र हुन्छ ।
प्याथेटिक













पुस्तकमाथि खह्राे उत्रिए, समीक्षक शिवलाल दाहाल । उनले पुस्तकका अक्षर अक्षर केलाउँदै भने, याे अाैसतभन्दा निकै माथिकाे पुस्तक हाे । तर, कवितामा शव्द संयाेजन, भाषिक संरचना, काव्यिक संचेतना र विम्वहरूकाे प्रयाेगका लागि गर्न अझ धेरै ठाउँ थियाे ।
उनले संग्रहमा धेरै राम्रा कविता पनि भएकाे तर तिनीहरूलाई केही सामान्य कवितामा मिसाइदिदा तिनीहरूकाे परिणाम पनि सामान्यीकृत भएकाे समेत भन्न भ्याए । उनले संग्रहमा विस्थापन, प्रणय, शरणार्थी पीडा र अमेरिका पुनर्वासका कविता रहेकाे बताउँदै कृतिले प्रभाव छाेड्ने बताए । तर, याे संग्रह नेपाली भाषिक मूलकाे कुनै बेला भुटानी भएकाे र अहिले अमेरिका प्रवासमा रहेकाे सर्जकले अंग्रेजीमा लेखेकाे यथार्थ हाे । यस्ताे बेला यसलाई कुन साहित्यमा राख्ने त्याे भने अन्याेलमा रहेकाे उनले सम्झाए ।
कार्यक्रममा कविका गुरू पदम रिजालले नारदलाई  गाेलधापकाे शरणार्थी स्कूलमा कक्षा ७ मा पढाएकाे संस्मरण गर्दै उनमा सानैदेखि सम्भावना रहेकाे विध्यार्थीका रूपमा सम्झे ।  उनले अरू धेरै गर्न अाशीर्वाद दिदै भने, अथाह सम्भावना भएकाे याे मुलुकमा धेरै गर्न सकिन्छ र गर्न बाँकी पनि छ ।
भुटान साहित्य परिषद्का अध्यक्ष भक्त घिमिरेकाे सभापतित्वमा सम्पन्न कार्यक्रम रूप पाेखरेलले सञ्चालन गरेका थिए । पाेखरेल पुस्तकका एक सम्पादक र भुटान न्युज सर्भिसका प्रवन्ध सम्पादक पनि हुन् । उनले पुस्तक सम्पादन गर्दाका क्षणहरूकाे सम्झना गर्न पनि भ्याएका थिए ।
कार्यक्रमकाे दाेस्राे चरणमा प्रभुशंकर र डी वी परियारले गीतकार नारद पाेखरलले रचना गरेका केही गीत प्रस्तुत गरेका थिए । भुटानी अग्रज संगीतकर्मी मनाेज राइ र अहिलेका लाेकिप्रय गायक मनाेज ढकाल अतिथि गायकका रूपमा केही उम्दा सिर्जनाहरू पस्केका थिए ।
कृतिकार पाेखरेलले रचनागर्भमाथि प्रकाश पार्दै कृतिमाथि विवेकसम्मत समीक्षाकाे अपेक्षा गरे । उनले सबैलाई धन्यवाद दिए । जब अाफ्ना दुइ छाेरी नान्सी र नहिसाकाे नाम लिन थाले, त्यसपछि गहभरि अाँसु पारेर केही बाेल्नै नसकी उनी मञ्चबाट बाहिरिए ।
यसरी सकिएकाे कार्यक्रमकाे याे अन्तिम क्षण अाफैंमा एउटा अमूर्त कविता बन्याे । कविका स्वर अाँसुले राेके पनि उनका पाइला राेकिएनन् । यही नै गति हाे र जीवन पनि । शायद दी प्याथेटिक जर्नी काे अर्थ पनि यही नै हुनुपर्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com