शरीर जोडिएका दुई शिशुको शल्यक्रियामा ४५ चिकित्सक, नर्स

आइतबार मङ्सिर ०६,

एजेन्सी : अमेरिकास्थित केन्टुकीको एउटा अस्पतालका चिकित्सकहरुले जोडिएका दुई शिशुहरुलाई शल्यक्रिया गरी छुटाएका छन् । 

लुइसभिल्लाको कोसेर चिल्ड्रेन हस्पिटलले आठ घन्टा लामो शल्यक्रियापछि शुक्रबार ४९ दिनका ती बालिकाहरुलाई छुट्याएका हुन् । दुबै जनालाई अहिले भेन्टिलेटरमा राखिएको र उनीहरुको अवस्था राम्रो हुँदै गएको अस्पताललाई उद्घृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

बालिकाको छाती र पेट जोडिएको थियो । त्यस्तै, मुटुका केही संरचना र कलेजो पनि जोडिएको अस्पतालले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । ‘एक जना शिशुको अवस्था अर्कोको तुलनामा निकै कमजोर थियो, बाँच्ने नबाँच्ने भन्न सक्ने अवस्थामा थिएनन्,’ विज्ञप्तिमा भनिएको छ । 

उनीहरुको दीर्घकालिन अवस्थाबारे अहिल्यै केही बताउन नसकिने बताउँदै अस्पतालका मुटुसम्बन्धि मुख्य चिकित्सक डा. अर्ल एच अष्टिन तृतीयले भने, ‘उनीहरुको भविष्यबारे चिकित्सकहरु साबधानीपूर्वक आशाबादी छौ ।’ ‘निकै जटिल शल्यक्रिया गरेर निको हुन लामो बाटो पार गर्नुपर्छ,’ अस्टिनले प्रेस रिलिजमा भनेका छन् ‘हामी साबधानीपूर्व आशाबादी छौ । 

दुई शिशुमध्ये एकलाई थप शल्यक्रियाको आवश्यक पर्छ । ’ दुईवटा शरिर जोडिएका ती शिशुलाई शल्यक्रिया-मार्फत छुट्टाउन ४५ चिकित्सक, नर्स, र अस्पतालका कर्मचारीको एउटा टोली खटिएको थियो । त्यस्तै शल्यक्रिया पक्रियामा युनिर्भसिटी अफ लुईसभिल्लाका शल्य चिकित्सकहरुको समूह तथा कोसएयरका विज्ञहरुको सहभागीता रहेको थियो । ती बालिकाहरुले लुईसभिल्ला वा अन्य ठाँउका हुन भन्ने विषयमा अस्पतालले कुनै खुलासा गरेको छैन् । उनीहरुका बाबुआमा भने सञ्चार माध्यमहरुमा प्रतिकृया नजनाएको प्राप्त समाचारमा जनाइएको छ । 

अस्पतालको अनुरोधमा उनीहरु सञ्चार माध्यममा नबोलेको हुन सक्ने अनुमान गरिएको छ । ‘हाम्रो बालिकालाई शल्यक्रियामार्फत सफलतापूर्वक छुट्यााइदिएकोमा हामी भगवान र कोसएर चिल्ड्रेन अस्पतालप्रति आभार छौ,’ बालिकाकी आमाको भनाई उदृत गर्दै अस्पतालले जनाएको छ । 

सो बाल अस्पतालले यसअघि सन् २००१ मा जोडिएका शिशुलाई छुट्यााएको थियो । ती शिशुहरुको एउटै मुटु भएकोले शल्यक्रियापछि दुबैको निधन भएको थियो । हरेक दुई लाख गर्भमा शरिर जोडिएका शिशु जन्मिने विज्ञहरु बताउँछन् । यसैबीच, शल्यक्रियामार्फत छुट्याइएका बालिकाको अवस्था सुधार हुने अस्पतालले विश्वास गरेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com