गोबिन्द बल्लभ पन्त स्मृति नेफ्सा अवार्ड - २०१५ को घोषणा

शनिबार मंसिर ०५,

बिजय थापा : देशभरका खाध्य प्रविधिका स्नातक तहका उत्कृष्ट बिद्यार्थी मध्य दुइ जना लाई प्रत्येक वर्ष प्रदान गरिने गोबिन्द बल्लभ पन्त स्मृति नेफ्सा अवार्डको घोषणा गोविन्द बल्लभ पन्त मेमोरिअल ट्रष्टले गरेको छ |
 
जस अनुसार त्रिभुवन बिश्वबिध्यालयका शुशिल कोइराला ,क्षेत्रिय बिज्ञान तथा प्रबिधि क्याम्पस ,पोखरा तथा पुर्वान्चल बिश्वबिध्यालय अन्तर्गत रहेका राजु कुँवर ,कलेज अफ फुड एंड डेरी टेक्नोलोजी काठमाडौँलाई प्रदान गरिने भएको छ l
 
 ट्रष्टले नेपाल खाद्य प्रविधि विद्यार्थी संघ(नेफ्सा ) संगको सहकार्यमा सन् २०१२ देखि  प्रत्येक वर्ष नगद पुरस्कार सहित यो अवार्ड वितरण गर्दछ |

नेपाल खाद्य प्रविधि विद्यार्थी संघ(नेफ्सा)को दोस्रो कार्यकालका अध्यक्ष पन्तको स्मृतिमा सन् २०१२ मा उनका देश बिदेशमा रहेका खाध्य बैज्ञानिक तथा प्राविधिज्ञ सहकर्मीहरुले यो ट्रष्ट स्थापना गरेका हुन् । 

वैतडी जिल्लामा जन्मिएका पन्तले धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसबाट बि.टेक.अध्ययन गरेका थिए । उनको ०६८ सालमा असामयिक निधन भएको थियो । ट्रष्टले निकट भबिश्यमा नै यो अवार्ड एक बिशेष समारोह बीच काठमाडौँमा प्रदान गर्नेछ |

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com