इज़रायालमा care giver काममा जान इच्छुकको लागि दरखास्त खुल्यो

काठमाण्डौ असोज २१,

नेपाल सरकार र इजरायल सरकारविच भएको सम्झौता अनुरुप इज़रायाल्मा सुसारे (केयर गिभर) कामदारकोलागि योग्य इच्छुक कामदारले आवेदन दिन सक्ने विभागले  आज सुचना जारि गरेको छ ।

विभागका अनुसार आगामी कार्तिक १५ गते तदानुसार १ नोभेम्बर २०१५ भित्रमा विभागमा आवेदक स्वयं उपस्थित भई दरखास्त दिनु पर्ने पनि जनाइएको छ ।

केयर गिभर यस कार्यको लागि अन्तिम छनौट गर्ने सम्पूर्ण जिम्मेवारी Department of Foreign Employment (DOFE) / Population & Immigration Authority (PIBA) को मात्र हुने भएकोले कुनै पनि इजाजतपत्रवाला म्यान पावर एजेन्सी वा प्रतिनिधि तथा अन्य व्यक्तिसँग सम्पर्क तथा कारोबार नगर्नु हुन पनि विभागले सबैलाई सूचित गरेको छ ।

आवेन दिनकोलागि चाहिने पूर्व योग्यताहरु :

१. उमेर २५ बर्षदेखि ४५ बर्ष बित्र हुनुपर्नेछ ।

२. उचाई कम्तिमा १.४ मिटर (करिव ५ फिट ) हुनुपर्नेछ ।

३. तौल कम्तिमा ४५ केजी हुनुपर्नेछ ।

४. नेपाल सरकार श्रम तथा  रोजगार मन्त्रायल, वैदेशिक रोजगार प्रवद्धन बोर्डबाट मान्यता प्राप्त संस्थाबाट कम्तिमा ३ महिनाको केयरगिभर तालिम वा मान्यता प्राप्त निकायबाट Practical Nursing सफलतापूर्वक सम्पन्न गरी प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ ।

५. Intermediate Level को अंग्रेजी भाषाको ज्ञान र सिप हुनुपर्नेछ ।

६. कम्तिमा दश बर्षको विद्यालय स्तरको अध्ययन  (SLC PASSED) हुनुपर्नेछ ।

७. इजरायलमा यस अघि काम गरेको हुनु हुदैन ।

८. उमेदवारका पति/पत्नि, वावु/आमा, तथा बालबालिका इजरायलमा बसोबास गरेको हुन नहुने ।

९. शाररिक र मानसिक तवरले पूर्ण स्वस्थ भएको क्षयरोग, हेपाटाइटिस, सिप्लिस, एड्स जस्ता रोग नलागेको । नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

१०. परिस्थिति अनुसार कठिन कामको सामना गर्न र सामान्य गह्रौ बस्तु उठाउन, चलाउन योग्य हुनुहर्नेछ ।

११. प्रहरी प्रतिवेदन

१२. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।

१३. नेपाली राहदानी ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com